प्रदेश
नयाँ बन्ने सरकारका मुख्य चुनौती यस्ता हुन्छन्
काठमाडौंसहित देशभर चलेको दुईदिने आन्दोलनले सत्ता ढलिसकेको छ । प्रधानमन्त्री पदबाट राजीनामा दिएदेखि नै एमाले अध्यक्ष केपी शर्मा ओली भूमिगत छन् । संसदका पहिलो र दोस्रो ठूलो दलका धेरै नेता सुरक्षित ठाउँमा लुकेर बस्न बाध्य छन् । बूढानीलकण्ठमा रहेको आफ्नै घरभित्र आन्दोलनकारीको आक्रमणमा परेका कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा उपचाररत […]
पूरा पढ्नुहोस्
व्यवसायी भन्छन् – ‘देश अब शान्त हुनुपर्छ’
काठमाडौँ । सोमबारदेखि सुरु भएको शान्तिपूर्ण भनिएको जेनजी प्रदर्शनमा ३० जनाले ज्यान गुमाइसकेका छन् । एकै दिन १९ जनाको ज्यान गएपछि मङ्गलवार प्रर्शनकारीहरु आक्रोशित हुँदै ध्वंसात्मक रुपमा उत्रिँदा नेता तथा निजी सम्पत्ति र सार्वजनिक सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको थियो । प्रदर्शनकारीहरूको निसानामा सरकारी र निजी सम्पत्तिमाथि हुँदा देशभरका सबैजसो सरकारी कार्यालयहरूमा तोडफोड, लुटपाट […]
पूरा पढ्नुहोस्
आज जेन-जी र नेपाली सेनाबीच वार्ता
काठमाडौँ । जेन-जी समूह र नेपाली सेनाबीच आज वार्ता हुने भएको छ । बुधबार जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा औपचारिक छलफल हुन सकेको थिएन । नेपाली सेनाले आन्तरिक सहमति कायम गरेर वार्तामा आउन आग्रह गरेको थियो । जंगी अड्डामै जेन-जीबीच विवाद भएपछि हिजो गर्ने भनिएको वार्ता आजको लागि सारिएको थियो । […]
पूरा पढ्नुहोस्
सुनधारा कारागारबाट टोपबहादुरसहित ३३ सय कैदी भागे
काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी फरार भएका छन् । कारागारमा रहेका ३८ सय कैदीबन्दी अहिले करिब ५ सयको हाराहारीमा मात्रै रहेका छन् । भद्रबन्दी गृहमा एक सय जना रहेको स्रोतले बतायो । त्यसैगरी महिला बन्दी गृहमा एक सयको हाराहारीमा कैदीबन्दी छन् । सेन्ट्रेल कारागारमा भने करिब ३ सयको हाराहारीमा कैदी रहेका […]
पूरा पढ्नुहोस्
‘भवन बन्ला, तर महत्त्वपूर्ण कागजात भेटिने छैनन्’
काठमाडौं । मंगलबार प्रदर्शनकारीले राज्यका तीन वटै अंगका भवनहरू, महत्त्वपूर्ण सरकारी कार्यालय जलाइदिएका छन् । राज्यको महत्त्वपूर्ण दस्तावेजहरू जल्नु मुलुकको लागि अकल्पनीय क्षति भएको बताउँछन् अध्यता जगत नेपाल । यसअघि वि.सं २०३० साल असार २४ गते राति सिंहदरबारमा आगलागी भएको थियो । अध्यता नेपालका अनुसार ‘त्यसबेला अन्जानवश आगलागी भएको भनिएको छ ।’ ‘उक्त आगो नियन्त्रणका […]
पूरा पढ्नुहोस्
आन्दोलनकारीले लुटेका ३१ थान हतियार सेनाद्वारा बरामद
काठमाडौं । ‘जेनजी’ प्रदर्शनकारीले लुटेका सुरक्षाकर्मीका ३१ थान हतियार बरामद गरिएको छ । नेपाली सेनाले आज बुधबार (भदौ २५) विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो । “काठमाडौंको विभिन्न स्थानहरूबाट २३ र पोखराबाट आठ नाल गरी विभिन्न किसिमका हतियार ३१ नाल तथा म्यागजिन एवं गोलीगठ्ठाहरू बरामद गरिएको छ,” सेनाले भनेको छ । काठमाडौंका गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट […]
पूरा पढ्नुहोस्
जेन–जी प्रदर्शन : नवलपुरमा पार्टी कार्यालय र नेताको घरमा आगजनी
नवलपुर । जेन–जी प्रदर्शनका क्रममा मङ्गलबार नवलपरासी (बर्दघाट–सुस्ता)मा रहेका विभिन्न राजनीतिक पार्टी र नेताहरुको घरमा तोडफोड र आगजनी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालकाअनुसार जिल्लामा रहेका नेपाली कांग्रेस, नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र)का पार्टी कार्यालयमा आगजनी भएको छ । त्यस्तै यी राजनीतिक दलका नेताहरुको घरमा […]
पूरा पढ्नुहोस्
भरतपुर कारागारबाट ६ सय भन्दा बढी कैदीबन्दी भागे (भिडिओसहित)
चितवन । चितवनको भरतपुर कारागारबाट आज बिहान करिब छ सय जना कैदीबन्दी भागेका छन् । कारागार प्रशासनका अनुसार उनीहरूले कारागारमा तोडफोड तथा आगजनी गर्दै सुरक्षा घेरा तोडेर र पर्खाल भत्काएर भागेका हुन् । कारागार प्रशासक रवीन्द्र ढुंगानाले दिएको जानकारीअनुसार, कैदीबन्दीहरूले बिहानैदेखि नाराबाजी र तोडफोड सुरु गरेका थिए । त्यसपछि उनीहरूले आगजनीसमेत गर्न थालेपछि स्थिति तनावपूर्ण […]
पूरा पढ्नुहोस्
देश बचाउने हो भने मलाई समर्थन गर्नुः हर्क साम्पाङ
चितवन । धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत जनतालाई आफूलाई समर्थन गर्न आह्वान गरेका छन् । उनले लेखेका छन्, “देश बचाउने हो भने मलाई समर्थन गर्नुहोस्। जनताको हितमा दिनरात दुःख गर्ने सरकार चाहिन्छ कि भेट्नै नसकिने सरकार चाहिन्छ ? आकाशको ताराको कथा होला, विचार गर्नुहोस् !” सोमबारदेखि देशव्यापी रूपमा सुरु भएको ‘जेनजी आन्दोलन’ मंगलबार पनि […]
पूरा पढ्नुहोस्
बेपत्ता ३२ जनाको संसद् भवनमा शव भेटिएको समाचारबारे बोल्यो प्रहरी
चितवन । हाल सामाजिक सञ्जालमा ‘बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला’ भन्ने शीर्षकसहित केही तस्वीरहरू प्रयोग गरी भ्रामक समाचार फैलाइएको घटनाप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रहरीका अनुसार अन्य मुलुकमा घटेका पुराना हिंसात्मक घटनाका तस्वीरहरू प्रयोग गरेर हालको आन्दोलनसँग जोड्ने गरी गलत जानकारी सार्वजनिक गरिएको छ । यस्तो भ्रामक सामग्रीले […]
पूरा पढ्नुहोस्



