प्रदेश
चितवनका शुलभ फूलखेतीबाट आत्मनिर्भर बन्दै
चितवन । यहाँको भरतपुर महानगरपालिकाका एक युवक सजावटमा प्रयोेग हुने फूलको व्यावसायिक खेतीमा जुट्नुभएको छ । भरतपुर महानगरपालिका–७ निवासी शुलभ श्रेष्ठले हाल सजावटमा प्रयोग हुने फूल कामिनी (बज्रदन्ती) र जिप्सीको व्यावसायिक खेती सुरु गर्नुभएको हो । यी फूलहरू विवाह, व्रतबन्ध, भोजभतेर र महत्त्वपूर्ण कार्यक्रममा सजावटमा प्रयोग हुने गर्छन् । विगत १३ वर्षदेखि व्यावसायिक फूलखेती गर्दै […]
पूरा पढ्नुहोस्
दैलेखको पेट्रोलियम अन्वेषण : नमूनाको विस्तृत प्रतिवेदनका पर्खाइमा
दैलेख । पेट्रोलियम अन्वेषणका क्रममा चिनियाँ र नेपाली प्राविधिकको निकै चहलपहल रहेको दैलेखको भैरवी गाउँपालिका–१ को जलजले क्षेत्र आजकल सुनसान छ । पेट्रोलियम ड्रिलिङ गरिएको क्षेत्रलाई सशस्त्र प्रहरी बल नेपालले सुरक्षा दिइरहेका छन् । दैलेखमा पेट्रोलियम पदार्थको ठूलो भण्डारण पुष्टि भएको खबरबाट सिङ्गो मुलुक उत्साहित छ । खानी तथा भूगर्भ विभागको नेतृत्वमा चीनको जिओलोजिकल सर्भे […]
पूरा पढ्नुहोस्
गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते
गोरखा । काठमाडौँबाट गोरखाको आरुघाट सोतीतर्फ आउँदै गरेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । बा०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो । घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको […]
पूरा पढ्नुहोस्
महाकाली नदीको कटानले बस्ती जोखिममा
कञ्चनपुर । महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका-१० स्थित कुतियाकवर जोखिममा परेको छ । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ । यो बस्तीमा महाकाली नदीको लगातारको कटानले बढी क्षति पुगेको हो । स्थानीयका अनुसार नदीको कटानले यहाँ दुई बिघाभन्दा बढी जमिन नदीमा समाहित भइसकेको छ । बस्ती […]
पूरा पढ्नुहोस्
गोरखाको हंशपुर केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः१५ बजे गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि यही भदौ १ गते रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय […]
पूरा पढ्नुहोस्
चितवनका विभिन्न अस्पतालमा भेटियो उनानब्बे जनामा ‘स्क्रब टाइफस’
चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ८९ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । साउनयता अस्पतालमा आएका बिरामीमध्ये एक हजार ८०१ जनाको नमूना परीक्षणका क्रममा उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये भरतपुर महानगरपालिकाका–३ जना, खैरहनी नगरपालिकाका १७, माडी नगरपालिकाका एक जनामा, त्ननगर नगरपालिकाका २४, राप्ती नगरपालिकाका सात, कालिका नगरपालिकाका १२ […]
पूरा पढ्नुहोस्
गैँडाकोटमा १२ वर्षीया बालिकालाई ह्विलचियर प्रदान
नवलपुर । लायन्स क्लब अफ गैँडाकोट कालिगण्डकीले शारीरिक अपाङ्गता भएकी बालिकालाई ह्विलचियर प्रदान गरेको छ । क्लबका सदस्य लोचन सापकोटाको जन्मदिनको अवसर पारी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ की १२ वर्षीया साया श्रेष्ठलाई ह्विलचियर प्रदान गरिएको हो । क्लबका अध्यक्ष शिवप्रसाद भुसालले सदस्यको जन्मदिनमा सामाजिक काम गर्दै आएको बताउनुभयो । उहाँले उत्सवहरुमा होटलमा गएर खर्च गर्ने प्रवृत्तिलाई […]
पूरा पढ्नुहोस्
चितवनमा रहेका दुई हात्ती कतार पठाइँदै
चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई कतार पठाइने भएको छ । प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डा हरिभद्र आचार्यका अनुसार दुई महिनाभित्रमा हात्ती पठाउने गरी काम भइरहेको छ […]
पूरा पढ्नुहोस्
दुई वटा ठेक्काबाट ‘नमूना सदरमुकाम’को संरचना निर्माण हुँदै
आनन्द पोखरेल नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा ‘नमूना सदरमुकाम’ को भौतिक संरचना निर्माण गर्न छुट्टाछुट्टै दुई वटा ठेक्का लगाएर काम गरिएको छ । जिल्लामा रहने सङ्घीय सरकार र प्रदेश सरकार मातहतका सबै सरकारी कार्यालय एकै ठाउँमा हुने नमूना सदरमुकामको संरचना निर्माण गर्न दुई वटा ठेक्का लगाइएको हो । हाल यहाँ जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा […]
पूरा पढ्नुहोस्
मनसुनमा सडक हिलाम्मे हुँदा ढोरपाटन जाने पर्यटकलाई सास्ती
ढोरपाटन । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन पुग्ने सडकको दुरावस्थाका कारण पर्यटकले सास्ती खेप्नुपरेको छ । राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक ट्रयाक खुलेको १० वर्ष बित्दा पनि स्तरोन्नति भएको छैन । ढोरपाटनको प्रवेशद्वार बुर्तिवाङदेखि बोबाङसम्म सडक सहज भए पनि त्यसभन्दा माथि निकै अप्ठ्यारो छ । साँघुरो सडक खाल्डाखुल्डी र हिलाम्मे हुँदा पर्यटकका सवारीसाधान […]
पूरा पढ्नुहोस्



