१० कार्तिक २०८३, मङ्गलबार

समाज

नवलपुरमा रात्रिकालिन मापसे चेकमा कडाइ

नवलपुर । नवलपुरमा रातिको समयमा दुर्घटना बढेपछि सवारीसाधन सञ्चालनमा कडाइ गरिएको छ । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले रातीको समयमा सञ्चालन हुने सवारीसाधन सञ्चालनमा कडाइ गरेको हो । कार्यालय प्रमुख प्रहरी निरीक्षक कुशल बर्तौलाले नवलपुर प्रवेश गर्ने र बाहिरिने नाकामा सवारीसाधनको चेकजाँचलाई कडाइ गरिएको बताउनुभयो । उहाँकाअनुसार नवलपुर भित्रिने र […]

पूरा पढ्नुहोस्

तीन मन्त्रीद्वारा माडी जाने सडक निरीक्षण

चितवन । भरतपुर–माडी सडकखण्डअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्रको सडकको आज तीन जना मन्त्रीले निरीक्षण गर्नुभएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सडकको स्थलगत निरीक्षण गर्नुभएको हो । सडकमा सवारी आवतजावतलाई सहज बनाउनका लागि तत्कालका लागि डिविएसटी पिच गर्ने र दीर्घकालीन रुपमा समस्या […]

पूरा पढ्नुहोस्

चितवनको भरतपुरले ल्यायो साढे पाँच अर्बको बजेट

चितवन । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि साढे पाँच अर्ब रुपैयाँ बढीको बजेट निर्माण गरेको छ । सोमबार भएको भरतपुरको नगरसभा एवम् १९औँ अधिवेशनमा कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि पाँच अर्ब ५१ करोड ७० लाख २३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् । नगरसभामा प्रस्तुत गरिएको बजेटमध्ये […]

पूरा पढ्नुहोस्

गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० पितौजीमा सोमबार साँझ इभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । पोखराबाट कपिलबस्तुको कृष्णनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३ च १२०५ नम्बरको विद्युतीय सवारी (इभी) हाइस अनियन्त्रित भई सडकमा पल्टिएको थियो । दुर्घटनापछि सशस्त्र प्रहरी बलको टोली तत्काल […]

पूरा पढ्नुहोस्

रास्वपाको वरिष्ठ नेता पदमा चुनाव नहुने, वालेनलाई स्वत: केन्द्रीय सदस्य पनि

चितवन । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा भने चुनाव नहुने भएको छ । फागुन २१ को चुनावअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पार्टीमा समाहित गर्न उक्त पद सिर्जना गरिएको थियो । त्यति बेला विधानमा वरिष्ठ नेता पद नभए पनि पहिलो महाधिवेशनको पूर्वसन्ध्यामा प्रस्तावित विधान संशोधन गरेर […]

पूरा पढ्नुहोस्

रास्वपा प्रथम महाधिवेशन : गैँडाकोटका होटल भरिभराउ

नवलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका कारण नवलपुरको गैँडाकोटका होटलहरु भरिभराउ भएका छन् । महाधिवेशनमा आउने प्रतिनिधि तथा पर्यवेक्षकका कारण शनिबार साँझदेखि नै गैँडाकोटका होटलका कोठाहरु ९५ प्रतिशतभन्दा बढी भरिभराउ भएका मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी सङ्घ गैँडाकोट, नवलपुरका अध्यक्ष शिव पौडेलले बताउनुभयो । “गैँडाकोटदेखि झराही खोला, ढोडेनीसम्मका सबै होटलहरु भरिभराउ भएका छन्” उहाँले […]

पूरा पढ्नुहोस्

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज पौडेलले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने बताउनुभएको छ । ट्राङ्क्विलिटी स्पाले शुक्रबार रुपन्देहीको भैरहवामा आयोजित गरेको एक कार्यक्रममा उहाँले यसको लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिनुभयो । राजनीतिक तथा कुटनीतिक कारणले विमानस्थल नचलेको भन्ने कुरामा  सत्यता नरहेको उहाँको भनाइ थियो । मन्त्री पौडेलले नीतिगत त्रुटी […]

पूरा पढ्नुहोस्

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकाले उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै उत्पादन वृद्धि तथा किसानको आयआर्जन बढाउने अभियानलाई तीव्रता दिएको छ । गाउँपालिकाले स्थानीयस्तरमा रहेका सम्भावनाको अध्ययन गरी नगदे बालीका रूपमा उखु र बेसारखेती विस्तारमा विशेष जोड दिएको हो । सात वटा वडामा फैलिएको गाउँपालिकामा कृषिलाई मुख्य आयआर्जनको आधार बनाउने लक्ष्यसहित […]

पूरा पढ्नुहोस्

गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालको कोशी प्रदेशका केही भू–भागमा मनसुनी प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनसार अन्य भू–भागमा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ । विभागका अनुसार कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । अन्य तराई भू–भागमा मुख्यतया सफा […]

पूरा पढ्नुहोस्

देवघाटमा बाँदर आतङ्क नियन्त्रणका लागि दीर्घकालीन नीति ल्याउन माग

तनहुँ । तनहुँको देवघाट गाउँपालिकाका स्थानीयवासीले देवघाट क्षेत्रमा बढ्दो बाँदर आतङ्कलाई समस्याका रूपमा उठाउँदै दीर्घकालीन समाधानका लागि स्पष्ट नीति निर्माण गर्न गाउँपालिकालाई आग्रह गरेका छन् । धार्मिक, पर्यटकीय तथा कृषि उत्पादनको दृष्टिले महत्वपूर्ण मानिने देवघाट क्षेत्रमा पछिल्ला वर्षमा बाँदरको सङ्ख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ । बाँदरका कारण खेतीपातीमा ठूलो क्षति पुग्नुका साथै स्थानीय बासिन्दा […]

पूरा पढ्नुहोस्