१० कार्तिक २०८३, मङ्गलबार

समाज

देशभरका फेन्सी व्यवसायीहरु जेठ २३ गते चितवनमा भेला हुँदै

चितवन । जिल्लामा सङ्गठित भएर बसेका फेन्सी व्यवसायीहरुले महासङ्घ निर्माणका लागि चितवनमा राष्ट्रिय भेला गर्दैछन् । फेन्सी व्यवसायी महासङ्घ नेपाल निर्माण अभियानका लागि जेठको २३ र २४ गते चितवनको भरतपुरमा राष्ट्रिय भेला गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पत्रकार सम्मेलनका क्रममा फेन्सी व्वसायी महासङ्घ नेपाल निर्माण अभियानका संयोजक एवम् फेन्सी व्यवसायी […]

पूरा पढ्नुहोस्

विश्व साइकल दिवसमा बृहत् साइकल र्‍याली

– आनन्द पोखरेल चितवन । विश्व साइकल दिवस–२०२६ को अवसरमा पारी बुधबार चितवनमा बृहत साइकल र्‍याली सम्पन्न गरिएको छ । भरतपुर–७ मा रहेको अङकुरम् एकेडेमीको आयोजना तथा विभिन्न सङ्घसंस्थाको सहकार्यमा भएको साइकल र्‍यालीले जिल्लाको पर्यटकीय क्षेत्रहरुको परिक्रमा गरेको थियो । ‘वातावरण, स्वास्थ्य र पर्यापर्यटनका लागि साइकल’ भन्ने अभियानलाई प्रवद्र्धन गर्दै साइकल संस्कृतिको विकासमा टेवा पुर्‍याउने […]

पूरा पढ्नुहोस्

अङ्कुरम् एकेडेमीमा समुदायलक्षित बृहत् आँखा शिविर

चितवन । चितवनको भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको आयोजनामा समुदायलक्षित बृहत् आँखा शिविरको आयोजना गरिएको छ । ‘भोलिको उज्यालो भविष्यका लागि आँखाको हेरचाह’ भन्ने नाराका साथ भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा मङ्गलबार सम्पन्न उक्त आँखा शिविरमा विद्यार्थी, शिक्षक–कर्मचारी तथा समुदायका व्यक्तिहरू गरी ४९७ जनाको आँखा जाँच गरिएको हो । विद्यालयको नियमित क्रियाकलापअन्तर्गत सामाजिक उत्तरदायित्वतर्फ ३५ वर्ष […]

पूरा पढ्नुहोस्

गोहीको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ का ५६ वर्षीय कुलबहादुर चोखाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवका अनुसार आज घाँस काट्न निस्किएका चोखालको गोहीको आक्रमणमा परी मृत्यु भएको हो । घाँस काट्न नजिकको हरियाली सामुदायिक वनमा गएको र घर […]

पूरा पढ्नुहोस्

कालीगण्डकीमा बेपत्ता लामिछानेको शव भेटियो

नवलपुर । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोमबार बेपत्ता भएका एकजनाको शव निकालिएको छ । नवलपुरको गैँडाकोट–५ का १८ वर्षीय स्मित लामिछानेको आज दिउँसो कालीगण्डकीबाट शव निकालिएको हो । गैँडाकोट–३ स्थित कालीगण्डकी नदीमा सोमबार चार जना युवाहरु पौडी खेल्न जाने क्रममा लामिछाने नदीमा डुबेर बेपत्ता भएका थिए । लामिछाने बेपत्ता भएको सूचना प्राप्त भएपछि सशस्त्र […]

पूरा पढ्नुहोस्

नारायणीमा पौडी खेल्नेक्रममा डुबेर बेपत्ता

नवलपुर । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदीमा डुबेर एकजना बालक बेपत्ता भएका छन् । नदीमा पौडी खेल्नेक्रममा आज (मङ्गलबार) दिउँसो ३ः३० बजे एकजना बालक बेपत्ता भएका इलाका प्रहरी कार्यालय गैँडाकोटले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीकाअनुसार नारायणी नदीमा दुई जना पौडी खेल्न गएकामध्ये एक जना बेपत्ता भएका हुन् […]

पूरा पढ्नुहोस्

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले स्विट नेपालका सञ्चालक युवराज क्षेत्रीमाथि दुर्व्यवहार गरेका छन् । केही दिन अगाडि प्रकाशित ढुंगा, गिटी, बालुवाको समाचारलाई लिएर मेयर अधिकारीले पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार गरेका हुन् । मेयर अधिकारीले पत्रकार क्षेत्रीलाई मेयरको अनुमति बिना नगरपालिकामा नछिर्न समेत पत्रकार क्षेत्रीलाई उर्दी जारी गरेका छन् । “तैले हाम्रो बारेमा मनलाग्दी […]

पूरा पढ्नुहोस्

फुसको छानोबाट सुरक्षित आवाससम्म

बागमती । चितवनको राप्ती नगरपालिका–१२ का ५३ वर्षीय बाबुराम प्रजा पहिले वर्षा लाग्दा रातभर जाग्राम बस्न बाध्य हुन्थे । फुसको छानो चुहिने, हावाले उडाउन सक्ने र आगलागीको जोखिमले परिवार सधैँ त्रसित रहन्थ्यो । बर्सातका समयमा घरभित्र पानी पसेपछि सुत्ने ठाउँ सुरक्षित हुँदैनथ्यो । परिवारका सदस्यलाई भिज्नबाट जोगाउन भाँडा, बाल्टिन र अन्य सामग्री राखेर रात बिताउनुपर्ने […]

पूरा पढ्नुहोस्

गोताखोरको दैनिक भत्ता दुईसय मात्र !

चितवन । जोखिम मोलेर उद्धारमा खटिने ‘गोताखोर’ले दैनिक रु २०० मात्र भत्ता पाउँछन् भन्दा विश्वास नलाग्न सक्छ । तर, गहिरा नदी, तलाउमा हामफालेर अरुको जीवन बचाउने जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी वल (एपीएफ)मा कार्यरत ‘गोताखोर’को भत्ता अहिले पनि दैनिक रु २०० मात्र रहेको छ । पानी तथा तालतलैयामा डुबेका व्यक्तिको उद्धार गर्ने,  शव निकाल्ने र पानीजन्य […]

पूरा पढ्नुहोस्

विश्व साइकल दिवसमा भरतपुरमा बृहत् साइकल र्‍याली हुँदै

चितवन । विश्व साइकल दिवस तथा विश्व वातावरण दिवस–२०२५ को अवसरमा पारी चितवनको भरतपुर–७, कृष्णपुरस्थित अङकुरम् एकेडेमीको आयोजनामा आगामी बुधबार (जेठ २० गते) बृहत् साइकल र्‍यालीको आयोजना गरिँदै छ । ‘वातावरण, स्वास्थ्य र पर्यापर्यटनका लागि साइकल’ भन्ने अभियानलाई प्रवर्द्धन गर्दै साइकल संस्कृतिको विकासमा टेवा पुर्याउने उद्देश्यले आयोजना हुने उक्त र्‍यालीमा शिक्षक, अभिभावक, विद्यार्थी तथा विभिन्न […]

पूरा पढ्नुहोस्