चितवन । नारायणघाट मुग्लिन सडक खण्डको तुइन खोलामा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । सुरूआतमा मोटरसाइकललाई आवातजावत गर्न दिइएको छ ।
यो सडक शुक्रबार राति ७ बजेदेखि अवरूद्ध भएको थियो । यहाँ सडक डिभिजन कार्यालयले नारायणघाटतर्फ एउटा लोडर र एउटा एक्साभेटर, मुग्लिनतर्फ २ वटा लोडर र एउटा एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाएको थियो । बेला–बेलामा पहिरो झरिरहेकाले काम गर्न अप्ठेरो भएको कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माले बन्द भएको करिब ४५ घन्टामा नारायणघाट–मुग्लिन सडक एकतर्फी रूपमा सञ्चालनमा आएको बताउनुभयो । सडक अवरूद्ध हुँदा हजारौं यात्रुहरू बीच सडकमा अलपत्र परेका थिए । तुइन खोलाको पहिरोले गतवर्ष पनि यात्रुलाई दुःख दिएको थियो । नयाँ पुल बनाउनेक्रममा पहरो फोरेपछि यहाँ पहिरो झर्न थालेको हो ।





प्रतिकृया दिनुहोस्