आर्थिक
‘आलु बिक्री गर्न बजारको समस्या छैन’
रामेछाप । सुनकोशी गाँउपालिका–३ स्थित झाङङ्गाझोली, बोहोरेटार र गणेश स्थान क्षेत्रका फाँटमा लगाइएको आलु भित्र्याउन र पुनः रोप्न यहाँका किसानलाई भ्याइनभ्याइ परेको छ । रामेछापको खाडादेवी गाँउपालिकाको सिमानामा रहेको सुनकाशी नदी पारी पर्ने सिन्धुली जिल्लास्थित ती फाँटका किसान बर्खे धान भित्र्याएर कार्तिक र मङ्सिर महिनामा लगाएको दुई महिने आलु हिजोआज खन्ने र पुनः रोप्न व्यस्त […]
पूरा पढ्नुहोस्
अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे
म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् । अन्यत्रका किसानले सरदर प्रतिकिलो रु ७० देखि ८० का दरले सुन्तला बिक्री गरेर सकिसकेपछि बाँसखर्कका किसानले माघ लागेपछि टिप्न थालेका छन् । हाल प्रतिकिलो रु एक सय ६० का दरले बिक्री भइरहेको बाँसखर्कको सुन्तलाको भाउ दैनिकजसो उकालो चढिरहेको […]
पूरा पढ्नुहोस्
एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन
तनहुँ । मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् । बेलबास दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध भएका ६१ मध्ये ४५ किसान व्यावसायिक रुपमा पशुपालन गरेर समाजमा नमूना कार्य गर्दै आएका हुन् । अहिलेको सुक्खायाममा दूध उत्पादन घट्नुपर्नेम वृद्धि हुँदै गइरहेको […]
पूरा पढ्नुहोस्
चुँदारा समुदायको पेसा सङ्कटमा
गुल्मी । पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा सङ्कटमा पर्दै जान थालेको छ । चुँदारा समुदायले परम्परागत रूपमा काठबाट कुँदेका सामग्री बिक्री गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका थिए । आजभोलि प्रविधिको विकाससँगै बजारमा आधुनिक प्रविधिबाट निर्मित प्लास्टिकका भाँडाहरू भित्रिएसँगै आफ्नो पेसा सङ्कटमा परेको मालिका गाउँपालिका‐७ घमिरका नरबहादुर कार्कीले बताउनुभयो । आधुनिक […]
पूरा पढ्नुहोस्
अण्डाको माग र मूल्य बढ्यो
चितवन । प्रतिनिधिसभाको निर्वाचन नजिँकिदैगर्दा जाँदा अण्डाको माग उच्च भएको छ । माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो । यसअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य रु चार सय ९५ पुगेको छ । यसअघि प्रतिक्रेट रु चार […]
पूरा पढ्नुहोस्
गैँडाकोट महोत्सवमा २० करोड बढीको कारोबार
नवलपुर । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन भएको चौथो गैँडाकोट महोत्सव २०८२ शनिबारदेखि सकिएको छ । करिब दुई लाख दर्शकले महोत्सव अवलोकन गर्दा रु २० करोड बढीको कारोबार भएको आयोजक संस्था जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटले जनाएको छ । जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटका महासचिव एवम् महोत्सव सचिवालय संयोजक तेजनारायण पाण्डेले आर्थिक मन्दीका […]
पूरा पढ्नुहोस्
नारायणी एक्स्पोमा आज टीका प्रसाईसहितका कलाकार आउने
चितवन । नारायणघाटस्थित नारायणी नदी किनारको प्रदर्शनीस्थलमा जारी नारायणी एक्स्पो २०८२ मा आज विभिन्न कलाकारहरुले प्रस्तुती दिने भएका छन् । आज शनिबार चर्चित गायिका टीका प्रसाईसहित गायक सञ्जित सिं राना र सुगम सङ्गीतकी गायिका सपना रोक्काले प्रस्तुती दिने एक्स्पो आयोजक संस्था रेड रक इभेन्ट एण्ड म्यानेजमेन्ट प्रालिका अध्यक्ष विकल क्षेत्रीले जानकारी दिए । एक्स्पोमा कृषि […]
पूरा पढ्नुहोस्
भरतपुरमा डोङफेङ गाडीको शोरुम सञ्चालनमा
चितवन । डोङफेङ अटोमोबाइल्स कम्पनी (डिएफएसी) को नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी मोटरकर्प अन्तर्गत चितवन तथा नवलपुरको एकमात्र आधिकारिक बिक्रेता ब्रान्डेड अटो मोबाइल्स प्रालिको भरतपुर ९ आस्थाचोकमा नयाँ शोरुम सञ्चालनमा आएको छ । कार्यक्रमका प्रमुख अतिथि चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरन्जीवी सुवेदी, उवासंघका पदाधिकारी तथा त्रिवेणी मोटोकर्प प्रालिका विजनेस हेड सुरज भट्टराईलगायतले शोरुमको उद्घाटन […]
पूरा पढ्नुहोस्
निर्वाचन ४० दिन बाँकी : समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख थान मतपत्र छपाइ भइसकेको जनाएको छ । मतपत्र छपाइकार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएको थियो । अब ५० लाख थान मतपत्र छाप्न बाँकी रहेको छ । समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न भए लगत्तै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ […]
पूरा पढ्नुहोस्
गैँडाकोट महोत्सवमा पुरुषोत्तम न्यौपानेसहितका कलाकार आउने
नवलपुर । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सव आज समापन हुँदैछ । आज समापनको दिन महोत्सवमा चर्चित लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपानेसहितका कलाकार आउने भएका छन् । महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालकाअनुसार आज महोत्सवमा चर्चित कलाकार न्यौपानेसहित जुना श्रीस मगर, विना धिताल तथा स्थानीय कलाकारहरुले प्रस्तुती राख्नेछन् । महोत्सवमा […]
पूरा पढ्नुहोस्



