बागमती प्रदेश
जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री
चितवन । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उहाँले सञ्चारकर्मीलाई आत्ममूल्याङ्कन गर्न आग्रह गर्नुभयो । “आम सञ्चारकर्मी मित्रहरूले आफूलाई आफैँले सोध्नुपर्ने प्रश्न के हो भने हामीमाथि जनताको विश्वास छ कि छैन ?” उहाँले भन्नुभयो । आफ्नो भूमिका र जिम्मेवारीबारे […]
पूरा पढ्नुहोस्
नेप्से परिसूचक आठ अङ्कले घट्यो
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ दशमलव ५० अङ्कले ओरालो लागेर दुई हजार ६५१ दशमलव ५२ मा सीमित भएको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६४ अङ्कले ओरालो लागेर ४५८ दशमलव २३ मा सीमित […]
पूरा पढ्नुहोस्
रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढेसँगै महाधिवेशनस्थल परिसरमा प्रचारप्रसारले तीव्रता पाएको छ । रास्वपाको सदस्य पदका लागि पहिलो चरणमा हुनगइरहेको निर्वाचनमा उम्मेदवारी दिने नेता एवं तिनका प्रस्तावक, समर्थक, शुभेच्छुक र कार्यकर्ताहरू आज बिहानैदेखि आआफ्नो पक्षमा मत माग्न व्यस्त देखिन्छन् । अत्यधिक गर्मीका बाबजुत उम्मेदवारी घाषणा गर्नुहुने नेपाल सरकारका मन्त्रीसहित […]
पूरा पढ्नुहोस्
तीन मन्त्रीद्वारा माडी जाने सडक निरीक्षण
चितवन । भरतपुर–माडी सडकखण्डअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्रको सडकको आज तीन जना मन्त्रीले निरीक्षण गर्नुभएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सडकको स्थलगत निरीक्षण गर्नुभएको हो । सडकमा सवारी आवतजावतलाई सहज बनाउनका लागि तत्कालका लागि डिविएसटी पिच गर्ने र दीर्घकालीन रुपमा समस्या […]
पूरा पढ्नुहोस्
भोलिसम्मका लागि रास्वपाको बन्दसत्र स्थगित
चितवन । चितवनको भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन बन्दसत्र भोलि मंगलबार बिहानसम्मका लागि स्थगित गरिएको छ । रास्वपाको निर्वाचन कार्यतालिका अन्तर्गत सोमबार बिहानैदेखि बन्दसत्र सुरु गर्ने तालिका भए पनि महाधिवेशन प्रतिनिधिमा रहेको विवाद टुंगिन नसक्दा मंगलबारसम्मका लागि बन्दसत्र स्थगित गरिएको हो । भोलि मंगलबार बिहान आठ बजेबाट बन्दसत्र […]
पूरा पढ्नुहोस्
चितवनको भरतपुरले ल्यायो साढे पाँच अर्बको बजेट
चितवन । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि साढे पाँच अर्ब रुपैयाँ बढीको बजेट निर्माण गरेको छ । सोमबार भएको भरतपुरको नगरसभा एवम् १९औँ अधिवेशनमा कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि पाँच अर्ब ५१ करोड ७० लाख २३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् । नगरसभामा प्रस्तुत गरिएको बजेटमध्ये […]
पूरा पढ्नुहोस्
रास्वपाको वरिष्ठ नेता पदमा चुनाव नहुने, वालेनलाई स्वत: केन्द्रीय सदस्य पनि
चितवन । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा भने चुनाव नहुने भएको छ । फागुन २१ को चुनावअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पार्टीमा समाहित गर्न उक्त पद सिर्जना गरिएको थियो । त्यति बेला विधानमा वरिष्ठ नेता पद नभए पनि पहिलो महाधिवेशनको पूर्वसन्ध्यामा प्रस्तावित विधान संशोधन गरेर […]
पूरा पढ्नुहोस्
रास्वपाको प्रथम महाधिवेशनमा कांग्रेस सभापति थापा सहभागी हुने
काठमाडौँ । चितवनको भरतपुरमा हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी हुने भएका छन् । सभापति थापाका स्वकीय सचिव शंकर कुइँकेलका अनुसार सभापति थापा आज हुने रास्वपा महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ । ‘सभापतिज्यू आज चितवन जानुहुन्छ, रास्वपा महाधिवेशन समुद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ,’ […]
पूरा पढ्नुहोस्
रास्वपा प्रथम महाधिवेशन: चार हजार २११ प्रतिनिधि
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन् । पार्टी सचिवालयका सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार ३३ देशका प्रवास सम्पर्क विभागबाट एक सय ७० जना, विधानअनुसार पार्टी सभापतिबाट १३८ जना मनोनयन भइसकेका छन्भने समुहगत […]
पूरा पढ्नुहोस्
गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालको कोशी प्रदेशका केही भू–भागमा मनसुनी प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनसार अन्य भू–भागमा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ । विभागका अनुसार कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । अन्य तराई भू–भागमा मुख्यतया सफा […]
पूरा पढ्नुहोस्



