१० कार्तिक २०८३, मङ्गलबार

गण्डकी प्रदेश

चितवन निकुञ्जमा सेनाको गोलीबाट गैँडाको मृत्यु

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोलीबाट एउटा वयस्क पोथी गैँडाको मृत्यु भएको छ । निकुञ्जका संरक्षण अधिकृत एवम् सूचना अधिकारी अविनाश थापा मगरका अनुसार निकुञ्जमा गस्ती गएका सेनालाई गैँडाले आक्रमण गरेपछि आत्मरक्षाका लागि चलाएको गोलीबाट गैँडाको मृत्यु भएको हो । निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गण अन्तर्गत सेहरी सुरक्षा पोष्टबाट निकुञ्जको कोर क्षेत्रमा परिचालित […]

पूरा पढ्नुहोस्

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आर को अधिवेशन नवलपुरमा

नवलपुर । नवलपुरको गैँडाकोटमा हुन लागेको लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । चैत २८ गते शनिबार हुने महाधिवेशनका सन्दर्भमा जानकारी दिन आज (शुक्रबार) गैँडाकोटमा पत्रकार सम्मेलनको आयोजना गर्दै डिष्ट्रिक्टले महाधिवेशनका लागि प्रतिनिधिहरु आउन सुरु भएको जानकारी दिएको छ । महाधिवेशनमा डिष्ट्रिक्ट अन्तर्गतका २०३ वटा क्लबबाट एक हजार […]

पूरा पढ्नुहोस्

नवलपुरका सांसद गौतमद्वारा भृकुटी कागज कारखाना सञ्चालन गर्न सरकारको ध्यानाकर्षण

नवलपुर । नवलपुर क्षेत्र नम्बर १ का संघीय सांसद् राजन गौतमले गैँडाकोटमा बन्द अवस्थामा रहेको भृकुटी कागज कारखाना सञ्चालनको माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा आफ्नो धारणा राख्दै गौतमले अर्थमन्त्री स्वर्णिम गौतमलाई सम्बोधन गर्दै कागज कारखाना सञ्चालनमा सरकारले चासो देखाउन आग्रह गरेका हुन् । उनले कागज कारखानालाई पूर्णरुपमा सञ्चालन गर्न वा […]

पूरा पढ्नुहोस्

तीन करोड लगानीमा प्रहरी चौकी भवन निर्माण

म्याग्दी । बेनी नगरपालिका–४ राक्सेमा रु तीन करोड ५० लाखभन्दा बढीको लागतमा सिङ्गा तातोपानी प्रहरी चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भूकम्पप्रतिरोधी क्षमताको दुईतले भवन निर्माण भएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले भवन निर्माणका लागि २०८१ साल असारमा रु तीन करोड ५१ लाख ७२९ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता […]

पूरा पढ्नुहोस्

हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता

नवलपरासी । नवलपरासी(बर्दघाट-सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजार रुपैयाँसहितको बैंक खाता उपहार दिएको छ । ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रम मार्फत चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र जन्मिएका ती बालबालिकाहरूको बैंक खातामा पाँच हजार रकम जम्मा गरिएको हो । हुप्सेकोट गाउँपालिकाभित्र स्थायी बसोबास गरेका दम्पतीले छोरी जन्मिएर वडा कार्यालयमा जन्म दर्ता गराएपछि छोरीको नाममा खोलिने बैंक […]

पूरा पढ्नुहोस्

गैँडाकोटमा नारायणी नदीमाथि राष्ट्रिय पर्यटन काव्य उत्सव सुरु

नवलपुर । नवलपुरको गैँडाकोटमा राष्ट्रिय पर्यटन काव्य उत्सव–२०८२ सुरु भएको छ । कार्यक्रममा देशका विभिन्न जिल्लाबाट सहभागी भएका ५० भन्दा बढी सर्जकहरुले उत्सवमा पर्यटन सम्बन्धी रचना वाचन, कार्यपत्र प्रस्तुत, काव्य विमर्शलगायतका क्रियाकलाप गर्ने जनाइएको छ । नारायणी नदीमा सञ्चालित नेपालकै पहिलो र एकमात्रै राइनो क्रुजमा सञ्चालित राष्ट्रिय पर्यटन काव्य उत्सवको पहिलो दिन आइतबार सर्जकहरुले रचना […]

पूरा पढ्नुहोस्

अलपत्र घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन

तनहुँ । विगत १२ वर्षदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन दिइएको छ । सडक डिभिजन कार्यालय दमौलीले निर्माण कम्पनीलाई पत्राचार गरेर सो निर्देशन दिएको हो । घुमाउने पुलको संशोधित डिजाइन निर्माण व्यवसायीबाट पेस भएकामा चैत १५ गतेको सडक विभागको विभागीय निर्णयअनुसार डिजाइनको सम्पूर्ण जिम्मेवारी लिई […]

पूरा पढ्नुहोस्

स्वतन्त्र पत्रकार संघमा पुनः बास्तोलाको नेतृत्व

नवलपुर । स्वतन्त्र पत्रकार सङ्घ नेपालको पाँचौँ अधिवेशन तथा १४औँ वार्षिक साधारण सभाले कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार नवलपुरको गैँडाकोटमा सम्पन्न केन्द्रीय अधिवेशनले पुनः बास्तोलालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । नयाँ समितिको उपाध्यक्षमा निर्सना लक्ष्मी गुरुङ, महासचिवमा सुरेश श्रेष्ठ, सचिवमा कल्याण पन्त तथा कोषाध्यक्षमा नमस्कार शाह चयन भएका छन् […]

पूरा पढ्नुहोस्

पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ पुग्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको एक सातामै निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको हो । यसअघि निगमले यही चैत ११ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर […]

पूरा पढ्नुहोस्

मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए

मुस्ताङ । मुस्ताङमा तीन महिनामा ४३ हजार ६५ जना विदेशी पर्यटक भित्रिएका छन् । सन् २०२६ को जनवरीदेखि मार्चसम्म उक्त सङ्ख्यामा विदेशी पर्यटक मुस्ताङ भित्रिएको राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । एक्याप जोमसोम कार्यालयका अनुसार सन् २०२६ को जनवरीदेखि मार्चसम्म सार्क राष्ट्रबाट ३७ हजार ९८९ जना र अन्य […]

पूरा पढ्नुहोस्