१० कार्तिक २०८३, मङ्गलबार

गण्डकी प्रदेश

नवलपुरमा गर्भपतन सेवा लिनेका सङ्ख्या घट्दै

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा गर्भपतन सेवा लिनेको सङ्ख्या घट्दै गएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले उपलब्ध गराएको पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार यस्तो सेवालिनेको सङ्ख्या घट्दै गएको हो । आर्थिक वर्ष २०८०/८१ मा एक हजार ७४७ जनाले सो सेवा लिनेमा आव २०८२/८३ मा यो सङ्ख्या घटेर एक हजार ४२३ मा पुगेको कार्यालय प्रमुख एवं […]

पूरा पढ्नुहोस्

तालबाराही मन्दिर पुनर्निर्माण सम्पन्न, भक्तजनका लागि खुला गरिँदै

कास्की । पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित ऐतिहासिक तालबाराही भगवती मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्माणको काम पूरा भएसँगै यही असोज २५ गते घटस्थापनादेखि मन्दिर भक्तजनलाई लागि खुला गरिने भएको छ । फेवातालको बीचमा रहेको सानो टापुमा अवस्थित मन्दिरमा तालको किनार बाराहीघाटबाट डुङ्गा चढेर पुग्नुपर्छ । पुनर्निर्माणका क्रममा मन्दिरमा नियमित […]

पूरा पढ्नुहोस्

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११ पर्ने पर्यटकीय गाउँ घान्द्रुक पुग्ने बाटो सहज भएसँगै पर्यटकको सङ्ख्या बढ्न थालेको छ । बाढीपहिरोका कारण अवरुद्ध भएको बिरेठाँटी–घान्द्रुक सडक सञ्चालनमा आएसँगै पर्यटकहरु घान्द्रुक पुग्न थालेका हुन् । बाटो सहज भएसँगै गाउँमा पर्यटकको चहलपहल सुरु हुन थालेको घान्द्रुकस्थित निर्मल भिल्लाकी प्रबन्ध निर्देशक स्नेहा गुरुङले जानकारी […]

पूरा पढ्नुहोस्

चितवनबाट ५० थान आईफोनसहित दिपक मोबाइलका सञ्चालक पक्राउ

चितवन । बिलबिजकविना मोबाइल बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले चितवनबाट दिपक मोबाइल पसलका सञ्चालक दिपक पर्साई र अर्का एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवका अनुसार भरतपुर महानगरपालिका–१० र १ मा सञ्चालन गरिएको दिपक मोबाइल पसलबाट बिलबिजकविनाका मोबाइल बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले पसलमा […]

पूरा पढ्नुहोस्

मगर विद्यार्थी संघ चितवनद्वारा १० लाख रुपैयाँको अक्षयकोष स्थापना

चितवन । नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति चितवनले आफ्नो लक्ष्य अनुसार अक्षयकोषमा रकम संकलन गरेको छ । चितवन जिल्ला र यससँग जोडिएका छिमेकी जिल्लाका स्थानीय तहमा रहेका विपन्न, जेहेन्दर तथा अशक्त मगर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले २०७५ सालमा सुरु गरिएको अक्षयकोषमा संघले लक्ष्य अनुसार १० लाख सात हजार ६८० रुपैयाँ रकम संकलन गरेको आइतबार […]

पूरा पढ्नुहोस्

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत । बाढीपहिरोबाट जिल्लाका   ३०० परिवार विस्थापित भएका छन् । जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१ घरमा आंशिक क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सात पालिकामध्ये छ पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो ।  सबैभन्दा बढी जलजला गाउँपालिकामा ११३ घरमा धेरै क्षति भएको छ । त्यहाँका ५८ घर पहिरोको […]

पूरा पढ्नुहोस्

गलकोटमा भएको दैवी विपत्तिबाट ६३ घरमा क्षति

बागलुङ । गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ । गलकोट नगरपालिकाका अनुसार एउटा वडा कार्यालयसहित ६३ घरमा क्षति भएको छ । अन्य १३३ घरमा आंशिक क्षति भएको छ । हुरीले ३९ घर पूर्ण, ५२ घरमा आंशिक क्षति भएको छ । यसैगरी, पक्की सिँचाइका […]

पूरा पढ्नुहोस्

लमजुङका यी १० गन्तव्य दसैँ बिदामा घुमफिर गर्न हुनसक्छन् उपयुक्त

लमजुङ । दसैँको लामो बिदा घुमफिर र पारिवारिक भेटघाटसँगै नयाँ ठाउँको अनुभव गर्ने अवसर पनि हो । हिमाल, पहाड, प्रकृति, संस्कृति, इतिहास र धार्मिक आस्थाको विविधता बोकेको लमजुङमा छोटो तथा लामो दूरीका यात्राका लागि विभिन्न गन्तव्य छन् । जिल्लाका प्रमुख पर्यटकीय तथा धार्मिकस्थलमध्ये २०८३ सालको दसैँ बिदामा घुम्न सकिने १० गन्तव्य यसप्रकार रहेका छन् । […]

पूरा पढ्नुहोस्

नारायणघाट–बुटवल सडकखण्डमा ‘बाँदरका लागि झोलुङ्गे पुल’ थपिँदै

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुईवटा ‘ओभरहेड क्यानोपी ब्रिज’ (बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल) निर्माण गरिने भएको छ । एसियाली राजमार्ग मापदण्डअनुसार चार लेनमा विस्तार भएको यस खण्डको कावासोती र लाकाहा बीचको जङ्गल तथा चोरमारा र अरुणखोला बीचको जङ्गलमा दुईवटा ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्ने तयारी भइरहेको छ । नारायणघाट–बुटवल सडक […]

पूरा पढ्नुहोस्

दाउन्ने बस दुर्घटना : मृतकमध्ये पाँच जनाको पहिचान खुल्यो (अपडेट)

नवलपुर, १७ असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) दाउन्नेमा आज बिहान भएको दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये पाँच जनाको पहिचान खुलेको छ । १८ जना यात्रु लिएर नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको यात्रुवाहक बस विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा पल्टिएको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल […]

पूरा पढ्नुहोस्