१० कार्तिक २०८३, मङ्गलबार

गण्डकी प्रदेश

दाउन्नेमा बस पल्टिँदा च्यापिएर ६ जनाको मृत्यु

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) दाउन्नेमा भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको यात्रुवाहक बस विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा पल्टिँदा ६ जनाको मृत्यु तथा १० जना घाइते भएका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितकाअनुसार […]

पूरा पढ्नुहोस्

कालीगण्डकीमा आएको बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत । असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीका स्थानीयले कालीगण्डकी र सेतीखोलामा जलसतह बढ्दै गए पनि पूर्ववत् जस्तै सामान्य बाढी आउने ठानेका थिए । शनिबार रातिसम्म कालीगण्डकी र सेतीखोला पूर्ववत् रूपमा बगिरहेका थिए । राति १२ बजे स्थानीय सेतीवेणी प्रहरी चौकीमा माथिल्लो क्षेत्रमा कालीगण्डकीको जलसतह निकै […]

पूरा पढ्नुहोस्

नदी किनारमा गरिएको तटबन्धले जोगायो गैँडाकोट

नवलपुर । यसवर्ष असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्ष यताकै सबैभन्दा ठूलो बाढी आयो । विगतका वर्षहरुमा अहिलेको भन्दा सानो बाढी आउँदा पनि गैँडाकोटका धेरै बस्ती डुबान र कटानको समस्यामा पर्ने गरेका थिए । यद्यपि यसपटक इतिहासमै ठूलो बाढी आउँदा पनि धेरै बस्ती जोगियो । इतिहासकै ठूलो बाढी आउँदा पनि यसपटक गैँडाकोटको वडा […]

पूरा पढ्नुहोस्

राइनो क्रुजलाई बाढीले बगाउँदा १० करोड रुपैयाँ क्षति

नवलपुर । असोज ११ गते नारायणी नदीमा आएको बाढीले गैँडाकोटबाट ‘राइनो क्रुज’ बगाउँदा करिब १० करोड रुपैयाँ क्षति भएको जनाइएको छ । गैँडाकोट–२ स्थित नारायणी नदी किनारको रुखमा बाँधेर राखिएको अवस्थामा क्रुजलाई बाढीले बगाएर करिब पाँच सय मिटर तल लगेर पुलको पिल्लरमा अड्काएको थियो । गैँडाकोट–२ को नारायणी नदी किनारमा रहेको होटल रिभर क्राउनले गत […]

पूरा पढ्नुहोस्

नारायणीको पुलमा सवारीसाधन सञ्चालनमा रोक, पानीको सतह १२ मिटर नजिक

नवलपुर । नारायणी नदीमा हालसम्मकै सबैभन्दा ठूलो बाढी आएपछि नारायणी नदीमा निर्माण भएको पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । नदीमा पानीको सतह बढेपछि चितवन र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जोड्ने पूर्वपश्चिम राजमार्गको नारायणी नदीमा निर्मित पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । आज दिउँसो १ः१५ बजेबाट १ः४० बजेसम्म पुलमा पूर्णरुपमा सवारीसाधन सञ्चालनमा रोक लगाइएकोमा […]

पूरा पढ्नुहोस्

दाउन्नेमा पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग एकतर्फी

नवलपुर । अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा पहिरो खस्दा राजमार्ग एकतर्फी सञ्चाललनमा आएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा माथिबाट लेदोसहितको पहिरो खसेर राति १ बजेबाट दुईतर्फी अवरुद्ध भएको सडक आज बिहान ५ बजेबाट एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी […]

पूरा पढ्नुहोस्

नवलपुरका बस्ती डुबानमा

नवलपुर । नारायणी नदीमा जलसतह बढेसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का बस्ती डुबानमा परेका छन् । गैँडाकोट नगरपालिका–२ बोटेटोल, मध्यविन्दु-२ को भूताहा तथा कावासोती-१७को अमलटारी क्षेत्र डुबानमा परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी अनिल पण्डितकाअनुसार डुबानमा परेका बस्तीको बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

पूरा पढ्नुहोस्

कालीगण्डकी नदीमाथि बनेको पुलको एप्रोच सडक बाढीले बगायो

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमाथिको पक्की पुलको एप्रोच सडक बाढीले बगाउँदा बाटो अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अनिल पण्डितका अनुसार पुलको एप्रोच सडक बगाएपछि बौदीकाली गाउँपालिका–२ डेढगाउँ र तनहुँ जोड्ने गण्डकी प्रदेशमार्गको सम्पर्क विच्छेद भएको छ । अविरल वर्षापछि आज दिउँसो ३ः०० […]

पूरा पढ्नुहोस्

नारायणीमा निरन्तर पानीको बहाब बढ्दै, गण्डक ब्यारेजका सबै ढोका खुला

नवलपुर । नारायणी नदीमा निर्माण गरिएको गण्डक ब्यारेजका सबै ढोका खुला गरिएको छ । नारायणी नदीमा पानीको बहाव चेतवानीको तह पार गरेपछि ब्यारेजका ३६ वटै ढोका खुला गरिएको हो । इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक सुरेश पालले गण्डक ब्यारेज बाल्मीकि नगरलाई उदृत गर्दै दिनुभएको जानकारीअनुसार हाल ब्यारेजमा पानीको सतह तीन लाख […]

पूरा पढ्नुहोस्

वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

काठमाडौँ । भारी वर्षाका कारण मुलुकभरका ११ वटा राजमार्गसहित विभिन्न खण्डका सडक अवरुद्ध भएका छन् । यही असोज ८ गतेदेखि भएको वर्षाका कारण बाढी तथा पहिरो जाँदा पृथ्वीराजमार्गसहित मुलुकभरका ११ वटा राजमार्गसहित विभिन्न खण्डको सडक अवरुद्ध भएका सडक विभागले आजएक सूचना जारी गरी जनाएको छ । पृथ्वीराजमार्गको कृष्णभीर, चौकीभीर, जवाङखोला, फिस्लिङलगायत सडकखण्ड अवरुद्ध भएका छने […]

पूरा पढ्नुहोस्