१० कार्तिक २०८३, मङ्गलबार

गण्डकी प्रदेश

भजन प्रतियोगितामा कैलाश संन्यास आश्रम पहिलो

नवलपुर । चौथो गैँडाकोट महोत्सव अन्तर्गत आयोजना गरिएको भजन प्रतियोगितामा कैलाश संन्यास आश्रम पहिलो भएको छ । प्रतियोगितामा सहभागी १७ वटा टोलीलाई पछाडि पार्दै भजन प्रतियोगितमा पहिलो भएको कैलाश संन्यास आश्रम भजन समूहले २० हजार रुपैयाँ पुरस्कार हात पारेको प्रतियोगिताको निर्णायक सहसंयोजक ढकबहादुर कार्कीले जानकारी दिनुभयो । त्यस्तै प्रतियोगितामा चितवनको भरतपुरस्थित शिवालय सेवा समिति गोपेश्वर […]

पूरा पढ्नुहोस्

मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक

म्याग्दी । म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक छाएको छ । जिल्लामा बाहुलता रहेको मगर समुदायले माघेसङ्क्रान्ति र साउनेसङ्क्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन । अल्पसङ्ख्यक छन्त्याल समुदायले माघेसङ्क्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन । नेपाल मगर सङ्घ म्याग्दीका अध्यक्ष खम थापामगरले साउने सक्रान्तिलाई हिउँद र माघेसङ्क्रान्तिलाई बर्खा सुरू भएको […]

पूरा पढ्नुहोस्

माघेसङ्क्रान्ति मेला भर्न पवित्रतीर्थस्थल देवघाटमा भक्तजन आउन थाले

तनहुँ । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न भक्तजनको चहलपहल सुरु भएको छ । देवघाटधाममा बुधबार रातिदेखि नै भक्तजन आउन थालेका हुन् । बुधबार दिउँसो वेणीसङ्गममा लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । बुधबार रातिदेखि नै देवघाटमा भक्तजनको भीड बढेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिनुभयो । […]

पूरा पढ्नुहोस्

उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, […]

पूरा पढ्नुहोस्

गैँडाकोट अन्तर वडा महिला तथा पुरुष फुटबलमा बुधबार चार खेल सम्पन्न

नवलपुर । नवलपुरको गैँडाकोटमा जारी गैँडाकोट अन्तर वडा महिला तथा पुरुष फुटबल प्रतियोगितामा बुधबार चार वटा खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तर्गत तीन वटा पुरुषतर्फका खेल भएका तथा एउटा महिलातर्फको खेल भएको प्रतियोगिताका खेल संयोजक प्रशान्त रेग्मीले जानकारी दिनुभयो । प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो खेलमा गैँडाकोट ११ विजयी भएको छ । वडा नम्बर १ […]

पूरा पढ्नुहोस्

बुधबार १० हजार दर्शकद्वारा गैँडाकोट महोत्सव अवलोकन

नवलपुर । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा जारी चौथो गैँडाकोट महोत्सवको बुधबार १० हजार बढी दर्शकले अवलोकन गरेका छन् । महोत्सवका प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार बुधबार १० हजार बढी दर्शकले महोत्सवको अवलोकन गरेका हुन् । पुस २५ देखि सुरु भएको महोत्सवमा अवलोकनकर्ताहरुको आकर्षण बढ्दै गएको सापकोटाले बताए । महोत्सवमा ओपेरा हाउस, जलपरी, मुस्ताङको चौरीले समेत […]

पूरा पढ्नुहोस्

देवघाटमा ज्योतिष महाधिवेशन हुँदै

चितवन । आगामी माघ २ र ३ गते चितवनको भरतपुर–१ स्थित देवघाटधाममा ज्योतिष परिषद् नेपालको प्रथम राष्ट्रिय महाधिवेशन हुने भएको छ । देशका सात प्रदेश तथा ४६ जिल्लामा शाखा विस्तार भएको परिषद्को महाविधेशनमा देशभरबाट करिब पाँच सय प्रतिनिधि सहभागी हुने बुधबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा परिषद्का महासचिव आचार्य केशव […]

पूरा पढ्नुहोस्

नवलपुरतर्फबाट सहजै देवघाट पुग्ने सकिने

नवलपुर । गण्डकी प्रदेशकै पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम जानका लागि नवलपुरबाट सहज रुपमा सडकको व्यवस्था भएको छ । नवलपुरको कालीगण्डकी करिडोर हुँदै तथा गैँडाकोटको पुलचोकबाट सहजरुपमा सवारीसाधनमा देवघाट जानआउन सकिने गरी सडक तयार भएको पालिकले जनाएको छ । गैँडाकोट नगरपालिकाका प्रवक्ता एवम् गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारीले गैँडाकोटको पुलचोकबाट ब्रिटिसक्याम्प हुँदै पक्की पुल तरेर देवघाट […]

पूरा पढ्नुहोस्

देवघाटधाममा देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी पूरा

नवलपुर । नवलपुर, तनहुँ र चितवनमा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा हरेक वर्ष लाग्ने माघेसङ्क्रान्ति मेलाको तयारी पूरा भएको छ । देवघाटमा क्रियाशील विभिन्न धार्मिक सङ्घसंस्था र देवघाट क्षेत्र विकास समितिले हरेक वर्षको माघेसङ्क्रान्तिको अवसरमा यहाँ आयोजना गरिने मेलाको तयारी पूरा भएको जनाइएका हुन् । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले देवघाटमा माघेसङ्क्रान्तिका अवसरमा […]

पूरा पढ्नुहोस्

चौथो गैँडाकोट महोत्सवमा आज प्रिती आले आउँदै

नवलपुर । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा जारी चौथो गैँडाकोट महोत्सवमा आज बुधबार चर्चित कलाकार प्रिती आलेसहितका कलाकारले प्रस्तुती दिने भएक छन् । महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक संयोजक किशोर लम्सालकाअनुसार महोत्सवमा प्रिती आलेले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्नेछिन् । त्यस्तै, आलेले गीतसँगै बेली डान्ससमेत गर्ने लम्सालले बताए । उनकाअनुसार महोत्सवमा आलेले प्रत्यक्ष दोहोरी गीतसमेत गाउनेछिन् । […]

पूरा पढ्नुहोस्