१० कार्तिक २०८३, मङ्गलबार

गण्डकी प्रदेश

आज गैँडाकोट महोत्सवमा मेलिना राईसहितका कलाकारको प्रस्तुती

नवलपुर । नारायणी नदीकिनारमा जारी चौथो गैँडाकोट महोत्सवमा आज आइतबार कलाकार मेलिना राईसहितको प्रस्तुती रहने बताइएको छ । महोत्सवको सांँस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालकाअनुसार आइतबार महोत्सवमा राईसहित अन्य कलाकारहरु सम्झना श्रेष्ठ, शिव थापा, मञ्जु विकलगायतको प्रस्तुती रहनेछ । महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत हरेक दिन स्थानीय तथा चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने लम्सालले जानकरी दिए । […]

पूरा पढ्नुहोस्

एन्जिलाले तताएको स्टेजबाट ज्योतिले उफारिन् दर्शक

नवलपुर । नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवमा शनिबार कलाकारलाई दर्शकको साथ मिलेको छ । साँझ पर्दै गएपछि स्टेज उक्लिएकी गायिका एन्जिला रेग्मीले दर्शकलाई मञ्च वरिपरी आउन बाध्य पारिन् । एन्जिलालाई दर्शकले मजैसँग साथ दिए । एन्जिलाको गीतमा दर्शकहरुले भरपुर मनोरञ्जन लिए । एन्जिलाले गाउँदै गर्दा मञ्चमा उक्लिएकी चर्चित गायिका ज्योति मगरलाई […]

पूरा पढ्नुहोस्

सर्वोदय शान्ति पदयात्रा नवलपुरमा

नवलपुर । पोखराबाट सुरु भएको सर्वोदय शान्ति पदयात्रा नवलपुरको गैँडाकोट आइपुगेको छ । पुस २३ गते पोखराबाट सुरु भएर भारतको छत्तिसगढ (दुर्ग)सम्म पुग्ने शान्ति पदयात्राको टोली शनिबार गैँडाकोट आइपुगेको हो । मानव मिलन संस्थाका संस्थापक ‘नेपाल केसरी राष्ट्रसन्त’ डा मणिभद्र मुनिजी महाराजको नेतृत्वमा आएको टोलीलाई गैँडाकोटमा स्वागत सत्कार गरिएको छ । मानव मिलन संस्था नवलपुरले […]

पूरा पढ्नुहोस्

गैँडाकोट महोत्सवमा आज ज्योति मगरको प्रस्तुती

नवलपुर । चौथो गैँडाकोट महोत्सवमा आज शनिबार चर्चित गायिका ज्योति मगरले प्रस्तुती राख्ने बताइएको छ । नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी महोत्सवमा आज शनिबार ज्योति मगरसहित दीप काफ्ले, एन्जिला रेग्मी, राजन गुरुङको प्रस्तुती रहने महोत्सवका सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले जानकारी दिए । लम्सालकाअनुसार महोत्सवमा हरेक दिन चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुती राखिरहेका […]

पूरा पढ्नुहोस्

गैँडाकोटमा जारी फुटबलमा दोस्रो चरणका खेलाहरु सुरु

नवलपुर । नवलपुरको गैँडाकोटमा जारी अन्तर वडा महिला तथा पुरुष फुटबल प्रतियोगितामा दोस्रो चरणका खेलहरु सुरु भएका छन् । आज शुक्रबार वडा नम्बर ८ र १४ बीच भएको दोस्रो चरणको पहिलो खेलमा वडा नम्बर १४ विजयी भएको प्रतियोगिताका खेल संयोजक प्रशान्त रेग्मीले जानकारी दिए । उनकाअनुसार वडा नम्बर १४ ले वडा नम्बर ८ लाई २–० […]

पूरा पढ्नुहोस्

निर्वाचन प्रहरी भर्ना : नवलपुरमा मागभन्दा थोरै आवेदन

नवलपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपुरमा निर्वाचन प्रहरीको आवेदन माग गरिएकोभन्दा थोरै परेको छ । थोरै आवेदन परेपछि आवेदन दिने समय दुई दिन थप गरिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले माघ १ गतेसम्म परेको आवेदन मागभन्दा थोरै भएकाले म्याद थप गरिएको जानकारी […]

पूरा पढ्नुहोस्

नवलपुरमा स्करपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देलचुलीमा स्करपियोको ठक्करबाट गयराति पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको देवचुली–१४ मा नारायणघाटतर्फ जाँदै गरेको बा १६ च ४७४० नम्बरको स्करपियोको ठक्करबाट गयराति स्थानीय ४२ वर्षीया जया अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । स्करपियोको ठक्करबाट टाउको र अनुहारमा गम्भीर चोट लागेकी अर्याललाई उपचारका लागि मध्यविन्दु प्रदेशिक अस्पताल डण्डा लगिएकोमा […]

पूरा पढ्नुहोस्

आज गैँडाकोट महोत्सवमा श्रीकृष्ण बम मल्लसहितका कलाकारको प्रस्तुती

नवलपुर । नवलपुरको नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवमा आज श्रीकृष्ण बम मल्लासहितका कलाकारको प्रस्तुती राख्दैछन् । महोत्सवको सांस्कृति कार्यक्रम संयोजक किशोर लम्सालकाअनुसार आज शुक्रबार महोत्सवमा श्रीकृष्ण बम मल्लसहित, लक्ष्मी बम मल्ल, सीता परियार, रिता थापा, रवि रिमाल तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । पछिल्लो दिनहरुमा महोत्सवमा दर्शकको अकर्षण बढ्दै गएको लम्सालको भनाइ […]

पूरा पढ्नुहोस्

गैँडाकोट फुटबल : वडा नं. ३, ५ र ८ विजयी; प्रुसन गुरुङको चमकिलो प्रदर्शन

नवलपुुर । गैँडाकोट फुटबल क्लबको आयोजनामा तथा गैँडाकोट नगर खेलकुद विकास समितिको व्यवस्थापनमा सञ्चालित अन्तर वडा स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार तीन खेल भएका छन् । नवजागरण खेलकुद रङ्गशाला थुम्सीमा भएको प्रतियोगितामा वडा नम्बर ३, ५ र ८ विजयी भएका प्रतियोगिताको खेल संयोजक प्रशान्त रेग्मीले जानकारी दिनुभयो । प्रतियोगितास्थल युवाहरुको उत्साह र […]

पूरा पढ्नुहोस्

गैँडाकोट महोत्सवको २५ हजार दर्शकद्वारा अवलोकन

नवलपुर । नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवको बिहीबार २५ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार महोत्सवको बिहीबार हालसम्मकै धेरै दर्शकले महोत्सव अवलोकन गरेका हुन् । बिहीबार मघेसङ्क्रान्ति पर्व परेका कारण महोत्सव स्थलमा दर्शकको अत्यधिक […]

पूरा पढ्नुहोस्