गण्डकी प्रदेश
तीन दिनदेखि परेको शीतलहरबाट नवलपुरको जनजीवन प्रभावित
नवलपुर । आइतबार साँझदेखि परेको शीतलहरका कारण नवलपुरको जनजीवन प्रभावित भएको छ । भित्री मधेसमा पर्ने यस जिल्लामा शनिबारदेखि घाम नलाग्दा जाडो बढेको भए पनि आइतबार साँझदेखि भने शीतलहरसँगै बाक्लो हुस्सु लाग्दा जनजीवन प्रभावित भएको हो । आइतबार रातिदेखि नै सिमसिम पानी परेकोजस्तै गरी परेको शीतलहरका कारण अत्यधिक चिसो बढेपछि अत्यावश्यक कामबाहेक जिल्लावासी घरबाहिर निस्किएका […]
पूरा पढ्नुहोस्
सुन्तलाखेती बाटै १० लाख कमाइ
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित रिपका किसान गणेश गुरुङले यस वर्ष रु २५ लाख मूल्यको सुन्तला बेच्दै हुनुहुन्छ । अघिल्लो वर्ष सुन्तला बेचेर उहाँले रु २२ लाख आम्दानी गर्नुभएको थियो । यसअघि ठेक्कामा दिएर सुन्तला बेच्दै आउनुभएका सुन्तला किसान गुरुङ यस वर्ष अरूलाई नदिई आफैँ सुन्तला बेच्दै हुनुहुन्छ । अहिलेसम्म रु १० लाखको सुन्तला […]
पूरा पढ्नुहोस्
गैँडाकोटबाट एक किलो गाँजासहित एकजना पक्राउ
नवलपुर । अवैध लागु औषध एक किलो गाँजासहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गैँडाकोटबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो गैँडाकोट–७ गैरीका २८ वर्षीय सुरज भट्टराईलाई गाँजासहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालकाअनुसार गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले परालको टौवामा […]
पूरा पढ्नुहोस्
मध्यविन्दुमा सञ्चालनमा आयो १५ शय्याको नगर अस्पताल
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकामा रु १७ करोड ५६ लाख २८ हजारको लागतमा नगर अस्पताल भवन निर्माण गरिएको छ । मध्यविन्दु नगरपालिकाको चोरमारामा उक्त नगर अस्पताल भवन निर्माण गरिएको हो । बिसं २०७९ मङ्सिरमा शिलान्यास गरी भवन निर्माण सुरु गरिएको थियो । तीन वर्षको अवधिमा सुविधा सम्पन्न मध्यविन्दु नगर अस्पतालको भवन निर्माण […]
पूरा पढ्नुहोस्
वडाध्यक्ष सापकोटाद्वारा काँग्रेसको क्षेत्र नम्बर १ (क) सभापतिमा उम्मेदवारी घोषणा
नवलपुर । नवलपुरको गैँडाकोट–२ का वडाध्यक्ष प्रकाश सापकोटाले नेपाली काँग्रेस नवलपुरको प्रदेशसभा सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले गैँडाकोटमा पत्रकार सम्मेलन गर्दै काँग्रेसको अधिवेशनका लागि नवलपुर क्षेत्र नम्बर १ (क) को सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको हो । सापकोटाले पार्टी संगठनलाई जितमुखी दिशातर्फ अघि बढाउने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पदप्रतिको व्यक्तिगत आकांक्षाका […]
पूरा पढ्नुहोस्
चितवन निकुञ्जको जल प्रणालीमा भेटिए नौ वटा भाले घडियाल
नवलपुर । चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा नौ वटा भाले घडियाल गोही गणना गरिएको छ । अति सङ्कटापन्न अवस्थामा रहेका घडियाल गोहीको प्रत्यक्ष गणना गर्ने क्रममा राप्ती नदीमा सात र नारायणी नदीमा दुई गरी नौ वटा घडियाल गोही फेला परेको निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवम् संरक्षण […]
पूरा पढ्नुहोस्
पृथ्वी राजमार्ग अन्तर्गत चार लेनको मादी पुल अन्तिम चरणमा
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७४ प्रतिशत प्रगति भएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ । उक्त खण्डका इन्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले अब २६ प्रतिशतमात्र काम बाँकी रहेको […]
पूरा पढ्नुहोस्
मुस्ताङको ‘झारकोट’ ओझेलमा
मुस्ताङ । यहाँको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ पर्यटन विकासको प्रचुर सम्भावना हुँदाहुँदै ओझेल परेको छ । मुक्तिनाथ मन्दिर नजिकै एउटा वडामा रहेको पुराना रानीपौवा बजार पर्यटनले गुल्जार भइरहँदा यहाँको सबैभन्दा पुरानो ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ पर्यटन प्रवर्द्धन र विकासमा भने पछि परेको हो । […]
पूरा पढ्नुहोस्
शिक्षा प्रणालीको सामुहिक सुधार गर्दैछौँ : सामाजिक विकास मन्त्री थापा
नवलपुर । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेशभित्रको शिक्षा प्रणालीको सामुहिक सुधार गर्ने काम भइरहेको बताउनुभएको छ । प्रदेशभित्र शिक्षा प्रणालीको सामुहिक सुधार गर्दै व्यवहारिक जीवनोपयोगी तथा श्रम बजारमैत्री विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । नवलपुरको गैँडाकोटस्थित कालिका नमूना माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती […]
पूरा पढ्नुहोस्
पुस २५ देखि नारायणी नदीकिनारमा गैँडाकोट महोत्सव हुँदै
नवलपुर । नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा आगामी पुस २५ गतेदेखि चौँथो संस्करणको गैँडाकोट महोत्सव हुने भएको छ । जिल्ला उद्योग वाणिज्य संघ नवलपुर, गैँडाकोटले आयोजना गर्न लागेको महोत्सव माघ १० गतेसम्म सञ्चालन हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । आयोजक जिल्ला उद्योग वाणिज्य संघका अनुसार महोत्सवले स्थानीय उद्योग, व्यापार, कृषि, पर्यटन र […]
पूरा पढ्नुहोस्



