१० कार्तिक २०८३, मङ्गलबार

गण्डकी प्रदेश

नवलपुरका थारू समुदाय परम्परागत भोदी खेल संरक्षणमा जुट्दै

नवलपुर । परम्परागत भोदी खेल संरक्षणमा यहाँका थारू समुदायले अग्रसरता लिएका छन् । थारू समुदायको मौलिक परम्परागत खेलका रूपक रहेको भोदी खेल संरक्षणका लागि समुदायकै पहलमा प्रतियोगिता आयोजना गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डास्थित थारू सङ्ग्रहालयको परिसरमा थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रको आयोजनामा शुक्रबार जिल्लास्तरीय पुरुष तथा महिला भोदी खेल प्रतियोगिता सञ्चालन भयो […]

पूरा पढ्नुहोस्

बागलुङको गाजादहको सिद्धबराह धार्मिक पर्यटनको प्रमुख गन्तव्य बन्दै

बागलुङ । सरकारले एक सय पर्यटकीय गन्तव्यमा समावेश गरेको बागलुङको गाजादहको मध्यभागमा सिद्धबराहको २३ फिट अग्लो पूर्णकदको मूर्ति निर्माण भएको छ । चार महिना लगाएर मूर्तिकार कृष्ण बहादुर सुनारले उक्त मूर्ति बनाउनुभएको हो । मूर्तिमा रु. २० लाख खर्च भएको छ । समुद्र सतहबाट दुई हजार ५०० मिटरको उचाइमा रहेको बागलुङको जैमिनी नगरपालिका–३ स्थित रहेको […]

पूरा पढ्नुहोस्

नवलपुरको देवचुलीमा सुविधा सम्पन्न ट्रमा सेन्टर निर्माण सुरु

नवलपुर । सङ्घीय सरकारको बजेटबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका वडा नम्बर १७ मा सुविधा सम्पन्न ट्रमा सेन्टर निर्माणको काम सुरु भएको छ । मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु १० करोड ३५ लाखमा निर्माण सम्पन्न गर्नेगरी चितवनको बिबिएस जेभीले निर्माणको काम सुरु गरेको हो । निर्माण सुरु भएको १८ महिनामा काम सम्पन्न गर्नेगरी निर्माण कम्पनीले गत […]

पूरा पढ्नुहोस्

तनहुँमा चार हजारभन्दा बढी क्षेत्रफलमा मकै बीउ प्रवर्द्धन कार्यक्रम सञ्चालन

तनहुँ । तनहुँको कृषि ज्ञान केन्द्रले जिल्लाका चार हजार ८५ रोपनी क्षेत्रफलामा मकै बीउ उत्पादन तथा मकै बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका २० कृषक समूहमार्फत उक्त कार्यक्रम सञ्चालन गरेको हो । मकै बीउ उत्पादन तथा मकै बाली प्रवरद्धन कार्यक्रमलाई प्रदेशस्थित कृषि, भूमि तथा सहकारी मन्त्रालयले प्राथमिकतामा राखेको […]

पूरा पढ्नुहोस्

आउँदो मङ्सिरमा बाघ र गैँडा गणना गरिँदै

चितवन । गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गरिने भएको छ । यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कार्यक्रममा केही बजेट विनियोजन गरेर गणना गर्न लागिएको हो । विभागका महानिर्देशक डा रामचन्द्र कँडेलका अनुसार बाघ भने हरेक चार–चार वर्षमा गणना गरिँदै आएको छ । […]

पूरा पढ्नुहोस्

तीन हजार घरमा खानेपानी सेवा विस्तार

तनहुँ । एक वर्षमा जिल्लाका तीन हजार घरमा खानेपानी सुविधा विस्तार भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका दुई हजार ९२७ घरमा खानेपानी सुविधा विस्तार गरेको हो । कार्यालय प्रमुख शम्भुराज खनालका अनुसार गण्डकी प्रदेश सरकारमार्फत दुई हजार २२१, सङ्घ सरकार सशर्त कार्यक्रमबाट दुई सय २६ र विशेष अनुदानमार्फत […]

पूरा पढ्नुहोस्

पानी खान जाँदा दलदलमा परेर गैँडाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा दलदलमा परेर आज बिहान एउटा पोथी गैँडाको मृत्यु भएको छ । जिल्लाको कावासोती–१५ स्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन नजिकै बाणखोलाको दलदलमा परेर गैँडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी एवम् संरक्षण अधिकृत अविनाश थापामगरकाअनुसार खोलामा पानी खान गएको गैँडा दलदलमा फसेको थियो । सोमबार साँझदेखि […]

पूरा पढ्नुहोस्

नवलपुरमा एक वर्षमा १६ वटा डीप बोरिङ वितरण

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा एक वर्षको अवधिमा सिँचाइका लागि १६ वटा डीप बोरिङ वितरण गरिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा वितरण भएको डीप बोरिङले जिल्लाका करिब चार सय २५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको भूमिगत जल सिँचाइ आयोजना कार्यालय भरतपुरले जनाएको छ । आयोजना प्रमुख इन्जिनियर विश्वबन्धु केसीले एउटा डीप बोरिङबाट करिब २५ […]

पूरा पढ्नुहोस्

आज नवलपुरका पालिकामा स्थानीय बिदा

नवलपुर । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा नवलपुरका विभिन्न पालिकाले स्थानीय बिदा दिएका छन् । पालिकाहरुको नगर कार्यपालिकाको बैठकले आज स्थानीय बिदा दिने गरेका हुन् । हरितालिका तीजको अवसरमा मध्यविन्दु, कावासोती र गैँडाकोट नगरपालिकाले स्थानीय बिदा दिएका छन् । आज परेको हरितालिका तीजको अवसरमा आफ्नो पालिकाभित्र रहेका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा […]

पूरा पढ्नुहोस्

नेपालमा गतवर्ष रोकिएको एक सिङ्गे गैँडा गणना फेरि सुरु हुने

चितवन । नेपालमा विश्वकै दुर्लभ एकसिङे गैंडा गणना यसै वर्ष फागुन वा चैतमा हुने भएको छ। निकुञ्ज विभागले आवश्यक स्रोत जुटाउने काम सुरु गरिसकेको छ। विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलका अनुसार गणनाका लागि सरकारसँग डेढ करोड रुपैयाँ माग गरिए पनि चालु आर्थिक वर्षको बजेटमा केवल २० लाख रुपैयाँ मात्र विनियोजन गरिएको छ। बाँकी रकम निजी […]

पूरा पढ्नुहोस्