१० कार्तिक २०८३, मङ्गलबार

गण्डकी प्रदेश

कावासोतीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बालिकाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा ट्रकको ठक्करबाट करिब १७ महिनाकी बालिकाको मृत्यु भएको छ । कावासोती नगरपालिका–८ फलफूलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा आज साँझ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार आज साँझ करिब ७ बजे बाटो […]

पूरा पढ्नुहोस्

अक्सफोर्ड कलेजमा माइन्ड टेक्नोलोजी सम्बन्धी कार्यशाला

नवलपुर । नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा स्मरण क्षमता विकास (माइन्ड टेक्नोलोजी) सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । कलेजको आयोजनामा अक्सफोर्ड कलेज र यससँग जोडिएका अन्य विद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारीहरुलाई लक्षित गरी प्रशिक्षण दिइएको हो । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारीमा रहनुभएका एल्सस गिरीले प्रशिक्षण दिनुभएको हो […]

पूरा पढ्नुहोस्

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ । गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद् घटनापछि हिमाली जिल्ला मुस्ताङको पर्यटनमा समेत असर परेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङको पर्यटकीय तथ्याङ्कअनुसार चालु वर्षको साउनको तुलनामा भदौमा मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन सङ्ख्या घटेको पाइएको हो । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडकमार्ग बाढी पहिरो र नदी कटानले साउन महिनामा दर्जनौँ […]

पूरा पढ्नुहोस्

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी । चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहण टोली आधार शिविर पुग्न थालेका छन् । धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ । ‘एठ के’, ‘सेभेन समिट’ र ‘फोरटिन पिक्स’ ट्रेकिङ कम्पनीमार्फत आरोहणका लागि आएका पर्वतारोहीहरूको टोली आधार शिविर पुगेका हुन् । आरोहण टोलीको समन्वय गर्नुभएका म्याग्दीका पर्यटनकर्मी […]

पूरा पढ्नुहोस्

विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

दमौली । व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण, सिँचाइ, शिक्षा तथा सार्वजनिक पूर्वाधार निर्माणमा प्रगति गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार गत आर्थिक वर्षमा नगर क्षेत्रमा ६ दशमलव ४६ किलोमिटर नयाँ सडक ‘ट्र्याक’ खोलिएको छ । नगरपालिकाले सो अवधिमा ३ दशमलव ३९ किलोमिटर सडक कालोपत्र तथा ढलान गरेको […]

पूरा पढ्नुहोस्

भरतपुरमा तेस्रो संस्करणको अङ्कुरम्–नमुना राष्ट्र सङ्घीय कार्यक्रम उद्घाटन

चितवन । चितवनको भरतपुरमा तेस्रो संस्करणको ‘अङ्कुरम्–मोडल युनाइटेड नेसन्स’ कार्यक्रम सुरु भएको छ । भरतपुर–७, कृष्णपुरस्थित अङकुरम् एकेडेमीमा तीन दिनसम्म सञ्चालन हुने कार्यक्रमको शनिबार उद्घाटन गरिएको हो । चितवन, नवलपुरलगायतका १२ विद्यालयका २१६ विद्यार्थी सहभागी कार्यक्रममा संयुक्त राष्ट्रसंघीय अभ्यासमार्फत अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति, नेतृत्व, सार्वजनिक वक्तृत्व तथा समसामयिक विश्वका विविध विषयमा अध्ययन, अनुसन्धान र छलफल गरिनेछ […]

पूरा पढ्नुहोस्

भोटेकोशी बाढीमा बेपत्ता भएका मध्यविन्दुका १२ जनाको परिवारलाई राहत हस्तान्तरण

नवलपुर । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता भएका नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का व्यक्तिको परिवारलाई राहत सामग्री प्रदान गरिएको छ । जिल्लाको नवलपुर उद्योग वाणिज्य सङ्घ कावासोतीले मध्यविन्दु उद्योग वाणिज्य सङ्घ तथा स्थानीय पालिकासँगको समन्वयमा वेपत्ता व्यक्तिका घरमा गई उनीहरुलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको हो । नवलपुर उद्योग वाणिज्य सङ्घ कावासोतीको […]

पूरा पढ्नुहोस्

तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर

दमौली । तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको छ । विगत केही वर्षदेखि जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर छ भने माछामा भने आत्मनिर्भर नरहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीले प्रति व्यक्ति प्रति वर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा […]

पूरा पढ्नुहोस्

जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जको भित्री भागका सडक सरसफाइ सुरु गरिएको छ । जिप सफारीलाई नियमित तथा व्यवस्थित बनाउन वर्षात्का समयमा निकुञ्जभित्रको सडकमा फैलिएको झाडी पन्छाउने काम सुरु गरिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्जको ३० किलोमिटर सडकको दायाँबायाँ रहेका झाडी पन्छाउने काम सुरु गरिएको हो । निकुञ्जमा गस्ती र जिप सफारीको […]

पूरा पढ्नुहोस्

नवलपुरमा ल्याइएको जुम्लाको स्याउमा उपभोक्ताको आकर्षण

नवलपुर । कर्णाली प्रदेशको जुम्लामा उत्पादन भएको स्याउमा नवलपुरका उपभोक्ताहरूको आकर्षण देखिएको छ । जुम्लाको चन्दननाथ नगरपालिका–१० का किसान लोकेन्द्र महतले आफ्नो बगानबाट आज बिहान नवलपुरको गैँडाकोट–५ मा लिएर आउनुभएको ‘रेड’ स्याउ खरिदका लागि उपभोक्ताहरुको आकर्षण देखिएको हो । महतले परिक्षणका लागि पहिलो चरणमा ६ टन स्याउ ल्याएको भन्दै स्थानीय उपभोक्ताको माग र आकर्षणका लागि […]

पूरा पढ्नुहोस्