प्रदेश
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
लुम्बिनी । पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा छ । घोराही उपमहानगरपालिका–१७ […]
पूरा पढ्नुहोस्
नवलपरासीकी महिलाको ‘स्क्रब टाइफस’बाट चितवनमा मृत्यु
चितवन । स्क्रब टाइफसबाट भरतपुर अस्पतालमा आज एक महिलाको मृत्यु भएको छ । अस्पतालमा उपचारका क्रममा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो । अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार यही भदौ ४ गते उनी अस्पतालमा भर्ना भएकी थिइन् । उनी छारे रोगबाट पनि पीडित थिइन् । यसैबीच, यहाँस्थित जनस्वास्थ्य कार्यालयका […]
पूरा पढ्नुहोस्
बुबाको मुख हेर्ने दिन : दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू
देवघाट, ७ भदौ । ‘पितृदेवो भवः’अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर कुसे औँसीका दिन बाबुको मुख हेर्ने पर्व आज देशभर मनाइन्छ । बाबुप्रति आदर सम्मानका साथ मीठो खाना र राम्रो लगाउन दिने परम्परा रहेको छ । त्यसो त बाबु गुमाएकाहरूले भने धार्मिक तीर्थस्थलमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ । पवित्र […]
पूरा पढ्नुहोस्
त्रिदिवसीय अङ्कुरम् नमुना राष्ट्रसंघ कार्यक्रम सुरु
चितवन, ७ भदौ । भरतपुर–७ कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा दोस्रो संस्करणको त्रिदिवसीय ‘अङ्कुरम् नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रम’ सुरु भएको छ । काठमाडौँ, नवलपुर र चितवनलगायतका १८ विद्यालयका २४८ जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा संयुक्त राष्ट्र संघका छवटै कमिटीको प्रतिनिधित्व रहेको छ । आज कार्यक्रमको उद्घाटन गर्दै भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले बिल्कुलै नयाँ किसिमको कार्यक्रममा सहभागी […]
पूरा पढ्नुहोस्
मारवाडी महिला मञ्च नारायणगढद्वारा राणी सती दादीको कलश यात्रा
चितवन, ७ भदौ । मारवाडी महिला मञ्च नारायणगढको आयोजनामा भाद्र कृष्ण औंसीको अवसर पारी शुक्रबार राणी सती दादीजीको कलश यात्रा भव्य रूपमा सम्पन्न गरिएको छ । श्रद्धा, भक्ति र सांस्कृतिक उत्साहका साथ आयोजना गरिएको यस कार्यक्रममा नारायणगढका मारवाडी समुदायको उल्लेखनीय सहभागिता रहेको थियो । कलश यात्रा मारवाडी सेवा केन्द्र नारायणगढमा रहेको मन्दिरबाट शुभारम्भ भई नारायणगढ […]
पूरा पढ्नुहोस्
देवघाटलाई प्लाष्टिकमुक्त बनाउन ‘नदीसँगै हामी’ अभियान
देवघाट, ७ भदौ । पवित्र धार्मिकस्थल देवघाटधामलाई प्लाष्टिकमुक्त बनाउन ‘नदीसँगै हामी’ अभियान सञ्चालन गरिएको छ । नवलपुरको गैँडाकोटमा रहेको सहमति संस्थासँगको सहकार्यमा देवघाट क्षेत्र विकास समितिले अभियान सञ्चालन गरेको हो । त्रिशूली, कालीगण्डकी र नारायणी नदीमा प्लाष्टिकजन्य फोहोर फालिँदा नदी प्रदूषित बन्दै गएकाले नदीलाई स्वच्छ राख्नका लागि अभियान सुरु गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको […]
पूरा पढ्नुहोस्
अन्तरविद्यालय स्काउट रनिङ शिल्ड नृत्य प्रतियोगिताको उपाधि अरोमा स्कुललाई
चितवन, ७ भदौ । चितवनको भरतपुर–७ कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीले आयोजना गरेको अन्तरविद्यालय स्काउट रनिङ शिल्ड नृत्य प्रतियोगिताको पाँचौं संस्करणको उपाधि भरतपुर–१० को अरोमा स्कुलले जितेको छ । कुल १७६ अङ्क प्राप्त गर्दै अरोमाले उपाधि आफ्नो बनाएको हो । भरतपुरका ४५ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा अरोमा स्कुलका ज्योस्मिता रानामगर, अनुष्का अधिकारी, शायना अधिकारी, शिवानी राना […]
पूरा पढ्नुहोस्
कोइकाको नेपालमा ३० वर्ष, २९ मिलियन डलर अनुदानका नयाँ सम्झौतामा हस्ताक्षर
काठमाडौँ, ६ भदौ । कोरिया अन्तरराष्ट्रिय सहयोग एजेन्सी (कोइका)ले नेपालमा आफ्नो विकास साझेदारीको ३० वर्ष पूरा गरेको छ । यही अवसरमा आज यहाँ आयोजित विशेष समारोहमा तीनवटा महत्त्वपूर्ण परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको छ । पहिलो सम्झौताअनुसार गण्डकी प्राविधिक संस्थान स्थापना गर्न सन् २०२५ देखि २०३० सम्म कार्यान्वयन हुनेगरी नौ मिलियन अमेरिकी डलर सहयोगमा कार्यक्रम अघि […]
पूरा पढ्नुहोस्
‘जुरुक्क कर्णाली’मा बगेका ‘आँसु र आशा’
काठमाडौँ, ६ भदौ । ‘झर्यो भुँइमा टोपी हजुर निउरिदा शिर…, कसलाई सुनाउ, कहाँ सुनाउ हजुर कर्णालीको पिर, जुनि बित्यो हाम्रो हजुर मोटरबाटो कुरी, ज्यानलिन्छ भिरले हाम्रो, मन रुन्छ पिरले, कर्णाली पिरले’ प्रज्ञा भवनको प्रेक्षालयमा कर्णालीको मार्मिक पीडा, भावना र वेदना समेटिएको यो गीत गुञ्जिँदा धेरैका आँखा रसाए । गला अवरुद्ध भए । यो प्रतिनिधि गीत […]
पूरा पढ्नुहोस्
लुम्बिनीका छ जिल्लामा आइतबार सार्वजनिक बिदा
लुम्बिनी, ६ भदौ । लुम्बिनी प्रदेश सरकाले थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा यही भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । थारु समुदायको अधिक बसोबास बढी भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने निर्णय भएको सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ । […]
पूरा पढ्नुहोस्



