प्रदेश
लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा
सिरहा । लहान नगरपालिका–४ मा निर्माणाधीन मुटु अस्पतालले सेवा विस्तार गर्दै आधुनिक प्रयोगशाला सञ्चालनमा ल्याएको छ । करिब छ महिनाअघि अस्पताललेबहिरङ्ग (ओपिडी) सेवा प्रारम्भ गरेको थियो । अस्पतालका कार्यकारी निर्देशक डा सञ्जयप्रसाद साहका अनुसार मुटु सम्बन्धी सम्पूर्ण परीक्षण प्रयोगशालामा न्यूनतम शुल्कमा सुरुआत गरिएको छ । काठमाडौँको सहिद गङ्गालाल अस्पतालमा रु एक हजार पाँच सय रुपैयाँ […]
पूरा पढ्नुहोस्
काठमाडौँ बाहिर पहिलो पटक कोशी अस्पतालमा निः सन्तान क्लिनिक सञ्चालन
विराटनगर । कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आइयुआई) सेवा सञ्चालनमा आएपछि निःसन्तानपनको समस्याले पीडित दम्पतीलाई सहयोग पुर्याएको छ । दैनिक १० देखि १५ दम्पती निःसन्तान उपचारको लागि अस्पलालद्वारा सञ्चालित निःसन्तान उपचार क्लिनिक आउने गरेका छन् । अस्पतालको स्त्री तथा प्रसूति रोग विभागमार्फत सञ्चालन भइरहेको उक्त क्लिनिक संघीय राजधानी बाहिर पहिलो पटक सरकारी अस्पतालमा सञ्चालन गरिएको […]
पूरा पढ्नुहोस्
पत्रकार एवम् लेखक पराजुलीकाे उपन्यास ‘बखान’को बखानमा सार्वजनिक
चितवन । चितवनका पत्रकार एवम् लेखक बसन्त पराजुलीद्वारा लिखित उपन्यास ‘बखान’को गृह विमोचन गरिएको छ । उपन्यासका मुख्य पात्र बखानसिंह गुरुङले स्थापना गर्नुभएको बखान बहुउद्देश्यीय सहकारी संस्थामा बखानको विमोचन गरिएको हो । बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारणमन्त्री बिनु रायमाझी पौडेलले आइतबार उपन्यासको विमोचन गर्नुभएको हो । देशकै पहिलो सहकारी स्थापना गर्नुभएका राजनैतिक र […]
पूरा पढ्नुहोस्
मिलेनियम मोडल कलेजले भव्य कार्यक्रम गर्दै कक्षा ११ का विद्यार्थीलाई स्वागत (भिडिओ)
चितवन । चितवनको भरतपुर–१० मा रहेको मिलेनियम मोडल कलेज तथा इडन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयको कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई भव्य स्वागत गरिएको छ । कलेजले आइतबार भरतपुरमा नयाँ विद्यार्थीका लागि उत्सव तथा स्वागत कार्यक्रम गरी विद्यार्थीहरुलाई भव्यरुपमा स्वागत गरेको हो । उक्त कार्यक्रममा नेपाल आइडल सिजन ६ की उत्कृष्ट पाँचभित्र पर्न सफल […]
पूरा पढ्नुहोस्
नारायणीको पुलमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नारायणी नदीको पुलमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साँझ ५ः४० बजेको समयमा नारायणघाटतर्फ जाँदै गरेको अविनाश ह्याचरीको कुखुराको चल्ला बोकेको ना१क ५१९९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना४३प ८७ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकले पुलमाथि मोटरसाइकललाई ओभरटेग गर्ने क्रममा ठक्कर दिँदा गैँडाकोट–४ का २३ […]
पूरा पढ्नुहोस्
गैँडाकोटको वेस्टर्न एडभान्स कलेजद्वारा विशेष छात्रवृत्तिसहित बिबिए र बीईमा भर्ना खुला
नवलपुर । पश्चिमाञ्चल विश्वविद्यालयद्वारा सम्बन्धन लिई नवलपुरको गैँडाकोटमा सञ्चालनमा आएको वेस्टर्न एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले विशेष छात्रवृत्तिसहित नयाँ भर्ना खुला गरेको छ । कलेजले बीई सिभिल इन्जिनियरिङ तथा बिबिए अध्यापन गराउँदै आएकोमा नयाँ शैक्षिक सत्रका लागि विशेष छात्रवृत्तिमा भर्ना खुला गरेको जनाएको हो । विश्वविद्यालयद्वारा प्रदान गरिने पूर्ण छात्रवृत्ति सहित विद्यार्थीलाई थप १५ […]
पूरा पढ्नुहोस्
स्कटल्याण्ड निवासी चालिसेद्वारा गैँडाकोटको अपाङ्ग जीवन विकास संस्थालाई खाद्यान्न सहयोग
नवलपुर । नवलपुरको देवचुली नगरपालिका घर भई हाल युरोपको स्कटल्याण्ड बस्दै आउनुभएका भरत चालिसेले गैँडाकोट–२ मा रहेको अपाङ्ग जीवन विकास संस्था (आश्रम)लाई खाद्यान्न सहयोग गर्नुभएको छ । चालिसेले आफ्नो जन्मदिनको अवसर पारेर पत्रकार माया कँडेल मार्फत खाद्यान्न सहयोग गर्नुभएको हो । आश्रममा खाद्यान्न अभाव रहेको बुझेपछि चालिसे र उहाँकी पत्नी निर्मला चालिसेले पत्रकार कँडेल मार्फत […]
पूरा पढ्नुहोस्
आज बागमती र कर्णाली प्रदेशका यी स्थानमा भारी वर्षाकोे पूर्वानुमान
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान र अन्य प्रदेशका […]
पूरा पढ्नुहोस्
चेपाङ समुदायका छात्र/छात्रालाई निःशुल्क शिक्षा
तनहुँ । आबुखैरेनी गाउँपालिका–५ खोलागाउँका अमृत प्रजा (चेपाङ)ले छात्रवृत्तिमा कक्षा १२ उत्तीर्ण भएका छन् । उनीलाई आबुखैरेनी गाउँपालिकाले शैक्षिकसत्र २०८१ मा आँबुखैरेनीस्थित रामशाह माध्यमिक विद्यालयमा सो तह अध्ययन गर्न आर्थिक सहयोग गरेको थियो । छात्र चेपाङले केही दिनअघि सार्वजनिक भएको सो तहको परीक्षामा उत्तीर्ण भएका हुन् । गाउँपालिकाले खाना, बस्नका लागि मासिक रु पाँच हजारका […]
पूरा पढ्नुहोस्
निर्माण सुरु गरिएको छपन्न वर्षसम्म पनि गुर्गी सिँचाइ आयोजना अलपत्र
कैलाली । कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कामा झण्डै ५६ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र परेको छ । आर्थिक वर्ष २०६२/६३ मा बनाइएको पक्की बाँध २०६४ सालमा आएको बाढीले भत्काएपछि सो आयोजना हालसम्म अलपत्र परेको हो । गुर्गी सिँचाइ आयोजना निर्माणका लागि बर्सेनि बजेट विनियोजन हुँदै आए पनि निर्माण अघि बढ्न सकेको छैन । पानीको […]
पूरा पढ्नुहोस्



