प्रदेश
क्यान्सर अस्पतालमा अतिरिक्त समयमा शल्यक्रिया सेवा
चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शल्यक्रियाको विस्तारित सेवा पुनः सुरुआत गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार बिरामीको चाप बढ्दै गएपछि नियमित समयभन्दा अतिरिक्त समयमा शल्यक्रिया सेवा थालिएको हो । नियमितभन्दा अतिरिक्तमा केही शुल्क बढी लाग्ने भए पनि पालो कुर्न नचाहने र आर्थिक रूपमा केही सक्षम बिरामीलाई लक्षित गरेर सेवा […]
पूरा पढ्नुहोस्
आज नवलपुरका पालिकामा स्थानीय बिदा
नवलपुर । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा नवलपुरका विभिन्न पालिकाले स्थानीय बिदा दिएका छन् । पालिकाहरुको नगर कार्यपालिकाको बैठकले आज स्थानीय बिदा दिने गरेका हुन् । हरितालिका तीजको अवसरमा मध्यविन्दु, कावासोती र गैँडाकोट नगरपालिकाले स्थानीय बिदा दिएका छन् । आज परेको हरितालिका तीजको अवसरमा आफ्नो पालिकाभित्र रहेका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा […]
पूरा पढ्नुहोस्
नेपालमा गतवर्ष रोकिएको एक सिङ्गे गैँडा गणना फेरि सुरु हुने
चितवन । नेपालमा विश्वकै दुर्लभ एकसिङे गैंडा गणना यसै वर्ष फागुन वा चैतमा हुने भएको छ। निकुञ्ज विभागले आवश्यक स्रोत जुटाउने काम सुरु गरिसकेको छ। विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलका अनुसार गणनाका लागि सरकारसँग डेढ करोड रुपैयाँ माग गरिए पनि चालु आर्थिक वर्षको बजेटमा केवल २० लाख रुपैयाँ मात्र विनियोजन गरिएको छ। बाँकी रकम निजी […]
पूरा पढ्नुहोस्
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा १२ हजार पिन्ट रक्त संकलन
काठमाडौँ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र र यसका सह–संस्थाहरूले पूर्वप्रशासिका दादी प्रकाशमणिजीको १६औँ पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा विशेष रक्तदान अभियान सञ्चालन गरेको छ । अभियानमार्फत भदौ ६ देखि ९ गतेसम्म विभिन्न शहरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ११ हजार ९१६ पिन्ट रक्त संकलन भएको केन्द्रले जानकारी दिएको छ । यस अभियानमा नेपालका १५ भन्दा […]
पूरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका सदस्यलाई छुटसम्बन्धी सम्झौतामा हस्ताक्षर
चितवन । चितवन उद्योग वाणिज्य संघका सदस्यहरुले भरतपुर महानगरपालिका–२ मा रहेको राइनो फिटनेश हव प्रालि र सौराहा स्थित सौराहा रोयल टाइगर रिसोर्ट प्रालिमा छुट पाउने भएका छन् । संघमा आबद्ध भएका सदस्यहरुले सदस्यताको आधारमा राइनो फिटनेश हव प्रालि र सौराहा रोयल टाइगर रिसोर्ट प्रालिमा २० प्रतिशत छुट पाउने गरी सम्झौता भएको छ । चितवन उद्योग […]
पूरा पढ्नुहोस्
सकियो तीन दिनसम्म चलेको अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम : छ वटा संकल्प प्रस्ताव पारित
चितवन । चितवनको भरतपुर–७ कृष्णपुरमा रहेको अङ्कुरम् एकेडेमीमा शनिबारदेखि सुरु भएको दोस्रो संस्करणको ‘अङ्कुरम् – नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रम’ सम्पन्न भएको छ । काठमाडौँसहित नवलपुर र चितवनका १८ संस्थागत र पाँच सामुदायिक विद्यालयका २४८ जना विद्यार्थीको सहभागिता रहेको नमुना अभ्यास कार्यक्रमबाट राष्ट्रसंघका छवटा कमिटीमार्फत अनुसन्धान गरिएका छ विषयमा छलफलपश्चात सङ्कल्प पारित गरिएको छ । नमुना […]
पूरा पढ्नुहोस्
पाँच कलाकारका कला : काठमा बालुवा भरेको थाङ्कादेखि धार्मिक र मिथिला कलासम्म
काठमाडौँ । प्रायः क्यानभास वा आर्ट पेपरमा चित्र सिर्जना हुन्छ । तर काठमा पनि क्यानभासमा झै महसुस हुने कला कोर्ने अभ्यास निक्कै नौलो हो । यसमाथि रङ पोतेर होइन, बालुवा चालेर । त्यो पनि थाङ्का कला सिर्जना गर्न दृष्यचित्र उतार्नभन्दा निक्कै कठिन काम हो । नयाँनयाँ कलाको अभ्यास गर्न रुचनाउने कलाकार छेपाल दोर्जे शेर्पाले यसपाली […]
पूरा पढ्नुहोस्
गोरखाका किसानलाई दूध उत्पादन प्रोत्साहनका लागि नगद अनुदान
गोरखा । गोरखाका पशुपालक किसानलाई दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान उपलब्ध गराइने भएको छ । भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाले उत्पादनका आधारमा किसानलाई प्रति लिटर रु ५ अनुदान उपलब्ध गराउने गरी बजेट विनियोजन गरेको केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक डा अनन्त कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि […]
पूरा पढ्नुहोस्
दुई वर्ष अगाडि सुरु गरिएको पोखरा ‘ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा
कास्की । पोखरा महानगरपालिका–११ मणिपाल कालिखोलादेखि काँहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाका अनुसार आगामी माघ महिनाभित्रमा यस पदमार्गको निर्माण पूरा हुनेछ । उक्त ट्रेलमा करिव चार हजार ५०० सिँढीमध्येमा अब केही मात्र निर्माण बाँकी छ । कालिखोलादेखि काँहुकोटसम्म एक किमी ८०० मिटरको पदमार्ग निर्माण विसं २०८० वैशाखदेखि सुरू […]
पूरा पढ्नुहोस्
वीरगञ्जका स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेक विदा नदिइने
वीरगञ्ज । जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले यहाँ झाडापखाला र हैजाको सङ्क्रमण देखिएपछि आवश्यक पर्ने स्थानीय तहका स्वास्थ्यकर्मीलाई केन्द्रिकृत रूपमा तोकिएको स्वास्थ्य संस्थामा खटाउन सकिने निर्णय […]
पूरा पढ्नुहोस्



