१० कार्तिक २०८३, मङ्गलबार

प्रदेश

गैँडाकोटका सबै कार्यालय आफ्नै भवनमा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका मातहतका सबै कार्यालय आफ्नै भवनमा सञ्चालनमा आएका छन् । भाडाको घरबाट सञ्चालनमा आएका कार्यालयहरु आफ्नै तथा सामुदायिक भवनबाट सञ्चालनमा आएका हुन् । गैँडाकोट नगरपालिकाको पूर्वाधार समितिका संयोजक प्रेम सापकोटाकाअनुसार गैँडाकोट नगरपालिकामा सञ्चालित वडा कार्यालय र स्वास्थ्य संस्थाहरु आफ्नै भवनबाट सञ्चालनमा आएका हुन् । पछिल्लो समय वडा नम्बर ५ को […]

पूरा पढ्नुहोस्

नेपालमै पहिलोपटक ‘विकू भर्चुअल कार्ड’ शुभारम्भ

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपालमै पहिलोपटक ‘विकू भर्चुअल कार्ड’ सुरुआत गरेको छ । आफ्ना सदस्यहरुलाई कार्ड विहीन कारोबार सेवा प्रदान गर्ने उद्देश्यले सहकारीहरुमध्ये विकूले नेपालमै पहिलोपटक यो सुविधा शुक्रबारदेखि ल्याएको हो । विकूका सूचना तथा प्रविधि विभाग प्रमुख सङ्केत कँडेलकाअनुसार मोबाइल बैंकिङ एपबाट चलाउन, कार्ड माग […]

पूरा पढ्नुहोस्

अङ्कुरम् एकेडेमीमा बृहत् दन्त शिविर: बाह्र सय बढी मानिस लाभान्वित

चितवन । चितवनको भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा आयोजित दुई दिनसम्म सञ्चालित बृहत् दन्त शिविर शुक्रबार सम्पन्न भएको छ । विद्यालयको स्वास्थ्य तथा कल्याण विभागको आयोजना तथा चितवन मेडिकल कलेज (सिएमसी) को प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा एक हजार २४३ जना विद्यार्थी तथा शिक्षक–कर्मचारीको दन्त परीक्षण गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा अध्ययनरत बालबालिका तथा कार्यरत […]

पूरा पढ्नुहोस्

पूर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वदेश फिर्ता

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा झण्डै पाँच महिना लामो स्वास्थ्य उपचार सकेर आज स्वदेश फर्कनुभएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सख्त घाइते हुनुभएका उहाँ पाँच महिनाअघि स्वास्थ्य उपचारका लागि सिङ्गापुर हुँदै हङकङ पुग्नुभएको थियो । स्वास्थ्य उपचार सकेर पूर्व प्रधानमन्त्री देउवा आज दिउँसो काठमाडौँ आइपुग्नुभएको […]

पूरा पढ्नुहोस्

नवलपुरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली–१७ झराही खोलामा यात्रु बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । डण्डाबाट नारायणघाटतर्फ जाँदै गरेको ना६ख २३०३ नम्बरको यात्रु बसले डण्डातर्फ जाँदै गरेको ग.प्र.०४००२ प.४१७६ नम्बरको स्कुटरलाई आज दिउँसो ठक्कर दिदाँ स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का निमित्त सूचना […]

पूरा पढ्नुहोस्

बलिउड अभिनेत्री शिल्पा शेट्टीद्वारा पशुपतिमा पूजा

काठमाडौँ, १६ साउनः बलिउड अभिनेत्री शिल्पा शेट्टी आज पशुपतिनाथ मन्दिरमा पुगी पूजा, आराधना एवं दर्शन गर्नुभएको छ । साउन महिनाको शनिबार पारेर अभिनेत्री शेट्टीले आज बिहान रु दुई हजार १०० दरका नौ वटा रसिद काटेर पञ्चामृत पूजा, आराधना एवं दर्शन गर्नुभएको पशुपति क्षेत्र विकास कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले राससलाई जानकारी दिनुभयो । अभिनेत्री शेट्टी […]

पूरा पढ्नुहोस्

मधेसमा रोपाइँ ९१ प्रतिशत

जनकपुर । मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म मधेस प्रदेशभर तीन लाख ५० हजार ११८ दशमलव ८८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । जुन कुल रोपाइँयोग्य क्षेत्रफलको ९१ दशमलव ५५ प्रतिशत हो । मधेस प्रदेशका आठ जिल्लामध्ये सिरहामा सबैभन्दा बढी १०० प्रतिशत रोपाइँ सम्पन्न भएको […]

पूरा पढ्नुहोस्

बिएलई र एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक र विद्यालयहरू सम्मानित

चितवन । भरतपुर इङ्ग्लिस स्कुल्स सोसाइटी (बेस)ले २०८२ को एसइई र बिएलई परीक्षामा अन्तर्गतका विद्यालयहरूमध्ये उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक र विद्यालयहरूलाई सम्मान गरेको छ । शनिबार भरतपुरमा आयोजित सहजीकरण कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने बेसअन्तर्गतका ४४ विद्यालयहरूमध्ये उत्कृष्ट विद्यालय, चार जिपिए ल्याउने विद्यार्थी र विषयगत शिक्षकहरूलाई सम्मान गरिएको हो । निजी विद्यालयहरूको छाता संगठन प्याब्सन […]

पूरा पढ्नुहोस्

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

नारायण अधिकारी चितवन । सोह्र वर्षअघि भरतपुर अस्पताल नजिकै घर भएका धर्म कार्कीले सर्पको डसाइबाट श्रीमती गुमाउनुभयो । तत्कालीन समयमा उहाँको मात्र होइन ठूलो सङ्ख्यामा सर्पदंशले मानिसको ज्यान जाने गरेको थियो । सर्पको सङ्ख्या धेरै हुने र समयमा अस्पताल पुग्न नसक्दा अकालमा धेरैको निधन हुने गरेको थियो । पछिल्ला वर्षहरुमा सामाजिक गतिविधिमा सक्रिय कार्की समयमा […]

पूरा पढ्नुहोस्

पाँच सय सात परिवारलाई धुवाँरहित चुलो  वितरण

चितवन । राप्ती नगरपालिकाका ५०७ परिवारलाई धुवाँरहित चुलो वितरण गरिएको छ । राप्ती नगरपालिकासँग सहकार्य गरी सपना भिलेज सोसियल इम्प्याक्टले सङ्ख्यामा धुवाँरहित चुलो वितरण गरेको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो । नगरपालिकामा ४०५  र समुदायसँगको सहकार्यमा १०२  चुलो वितरण गरिएको उहाँले बताउनुभयो । विगत दुई वर्षदेखि सपना भिलेजले धुवाँरहित चुलो वितरण गर्दै स्वच्छ खाना […]

पूरा पढ्नुहोस्