प्रदेश
जिल्लाका दुई सय बढीले पाए जग्गाधनी पुर्जा
चितवन । चालु आर्थिक वर्षको साउनदेखि जिल्लामा रहेका २२६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले जग्गाधनी पुर्जा पाएका छन् । भूमि समस्या समाधान आयोगले यहाँका चार हजार ७४३ कित्ताबाट ३४ हजार २९५ हेक्टर क्षेत्रफल नाप नक्सा गरेको थियो । राप्ती, खैरहनी, रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकामा ती भूमिहीनहरूलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउन थालिएको […]
पूरा पढ्नुहोस्
सकियो चितवन उद्योग संघको सात दिने औद्योगिक अवलोकन भ्रमण
चितवन । चितवन उद्योग संघको संस्थागत सम्बन्ध तथा भ्रमण विभागको आयोजनामा वैशाख ९ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको ७ दिने औद्योगिक अवलोकन भ्रमणको समापन भएको छ । वैशाख ९ गतेदखि बागमती प्रदेश चितवनबाट सुरु भएको भ्रमणमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका करीब १३ वटा जिल्लाका विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्य तथा मुगुको रारा तालको […]
पूरा पढ्नुहोस्
सञ्चारकर्मी आदर्श सुशीलको शब्दमा चलचित्र लाइफ ड्यामेजको ‘ब्युटिफूलम’ गीत सार्वजनिक
नवलपुर । ‘फेन्टासी कमेडी ड्रामा’ विधामा निर्माण भएको चलचित्र ‘लाइफ ड्यामेज’ मा समावेश ब्युटिफूलम बोलको गीत सार्वजनिक गरिएको छ। जेठ १ गते प्रदर्शन मिति घोषणा गरिएको यस चलचित्रको गीत सङ्घीय राजधानी काठमाडौंमा एक कार्यक्रमबीच रिलिज गरिएको हो। सार्वजनिक डान्सिङ नम्बरको गीतमा नवलपुरका सञ्चारकर्मी आदर्श सुशीलको शब्द रचना रहेको छ भने एसडी योगीको संगीत र एसडी […]
पूरा पढ्नुहोस्
चितवनको भरतपुरमा वैशाख १७ देखि अटो शो हुँदै
चितवन । चितवनको भरतपुरमा यही वैशाख १७ देखि दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ आयोजना हुने भएको छ । चितवन अटोमोबाइल डिलर्स एशोसियसन र चितवन अटोमोबाइल्स एशोसिएसनको संयुक्त आयोजनामा हुन लागेको अटो शो वैशाख २१ गतेसम्म सञ्चालन हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । अटोमोबाइल व्यवसायको प्रवद्र्धन, सुरक्षित व्यवसाय सञ्चालन तथा सडकमा हुने […]
पूरा पढ्नुहोस्
भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण
चितवन । सरकारले लगानी गरेको यहाँका सामुदायिक विद्यालयको नतिजा दयनीय देखिएको छ । हालै सार्वजनिक कक्षा ८ को नतिजामा प्रगति हुन नसकेकोे हो । भरतपुर महानगरपालिका, शिक्षा महाशाखा प्रमुख सुवाष आचार्यका अनुसार कक्षा ८ मा सामुदायिक विद्यालयतर्फको उत्तीर्ण प्रतिशत ३९ दशमलव ०१ प्रतिशत मात्र छ । निजी विद्यालयहरुको प्रतिशत ७० दशमलव ३२ प्रतिशत छ । […]
पूरा पढ्नुहोस्
गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका
टेकराज पोखरेल/ रासस नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले संस्थागत विद्यालयको शुल्क निर्धारण गरेको छ । सङ्घीय सरकारले तयार पारेको निर्देशिकासँग बाँझिने गरी नगरपालिकाले शुल्क निर्धारण गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२’ जारी गरेको छ । निर्देशिकाले निजी विद्यालयको शुल्क सीमा निर्धारण गरेको छ । गैँडाकोट […]
पूरा पढ्नुहोस्
मनसुन पूर्वको वर्षाले घटायो वन डढेलो
काठमाडौँ । हरेक वर्षको चैत महिना वन डढेलोको उच्च जोखिममा रहने गर्छ । तर गत चैतमा भने डढेलोको घटना थोरै मात्र घट्यो । मनसुन पूर्वनै औसतभन्दा बढी वर्षा भएकाले अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत चैतमा डढेलोका घटनामा गिरावट आएको हो । वन तथा भू–संरक्षण विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार २०७८ चैतमा ४६६ वटा डढेलोका घटना […]
पूरा पढ्नुहोस्
एक अर्ब ४७ करोड बढी राजस्व सङ्कलन
चितवन । गत आर्थिक वर्षमा भन्दा चालु आवमा रु एक अर्ब ४७ करोड १८ लाख बढी राजस्व सङ्कलन भएको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आवको चैत मसान्तसम्ममा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा राजस्व सङ्कलन बढाएको हो । कार्यालयका अनुसार चैतसम्ममा रु १८ अर्ब पाँच करोड ५० लाख राजस्व सङ्कलन भएको छ । […]
पूरा पढ्नुहोस्
एक्साभेटरसँग कार ठक्किँदा एकै परिवारका पाँच घाइते
मध्यविन्दु । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिका–१६ फारमस्थित पूर्व–पश्चिम राजमार्गमा आज दिउँसो एक्साभेटरसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते भएका छन् । झरही खोलाबाट बुटवलतर्फ जाँदै गरेको ‘अनटेस्ट’ एक्साभेटरसँग नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको बा १८ च ३३२३ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा कार चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का ३४ वर्षीय सागर ज्ञवाली, […]
पूरा पढ्नुहोस्
सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत
रूपन्देही । सीमावर्ती भारतीय बजारबाट घरायसी प्रयोजनका नाममा बिना भन्सार सामान भित्रिने क्रम बढेपछि भैरहवा भन्सार कार्यालयले सयभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार महसुल लिने व्यवस्थालाई कडाइका साथ कार्यान्वयनमा ल्याएको छ । मुख्य नाका बेलहिया, सीमावर्ती बजार फरेनियालगायत अन्य साना नाकाहरूमा कडाइ गरिएको छ । सीमावर्ती बजारबाट रु १०० बढीको समान ल्याए भन्सार महसुल बुझाउनुपर्ने […]
पूरा पढ्नुहोस्



