१३ कार्तिक २०८३, शुक्रबार

प्रदेश

ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

चितवन । जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक अनुमतिपत्रसहितका कागजपत्र फिर्ता लैजान अनुरोध गरेको छ । ट्राफिक नियम उल्लङ्घनको अभिलेख प्रणाली लागू भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका आठ हजार ९८२ वटा कागजपत्र फिर्ता लैजान कार्यालयले सर्वसाधारणसँग आग्रह गरेको हो । कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार विसं २०८० देखि ट्राफिक प्रहरीले […]

पूरा पढ्नुहोस्

महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै

चितवन । खानेपानीको महसुल नतिर्ने ग्राहकको धाराको लाइन काट्न थालिएको छ । भरतपुर खानेपानी व्यवस्थापन बोर्डको बैठकले लामो समयदेखि महसुल नबुझाएका ग्राहकको धाराको लाइन काट्ने निर्णय गरेपछि सो कार्य गर्न थालिएको हो । कार्यालय प्रमुख सञ्जय बरालका अनुसार ४४ हजार ५०० ग्राहकमध्ये महसुल नबुझाएकाको धाराको लाइन काट्न थालिएको हो । “कार्यालयले रु तीन करोड ७० […]

पूरा पढ्नुहोस्

सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन

नवलपरासी । पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यायलले आजदेखि आफ्नै भवनबाट सेवा दिन सुरुआत गरेको छ । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले पुरानो भवनलाई भत्काएर सोही ठाउँमा नयाँ भवन तयार गरिएको जानकारी दिनुभयो । तीन वर्षदेखि निर्माणाधीन प्रशासन कार्यालयले उद्योग वाणिज्य सङ्घ नवलपरासीको भवनबाट सेवा दिँदै आएको थियो । विसं २०७९ चैतमा भवन निर्माणका लागि ठेक्का […]

पूरा पढ्नुहोस्

‘विपद् आउँदा समुदाय नै अगाडि आउनुपर्छ’

मध्यविन्दु । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण गर्नका लागि २५ जना स्वयंसेवक तयार गरिएको छ । विपद् प्रतिकार्यका लागि समुदायको तयारीलाई सुदृढ बनाउने उद्देश्यले गाउँपालिकामा समुदाय विपद् स्वयंसेवक तयार गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्म हेडक्वार्टर पूर्वी नवलपरासीसँगको सहकार्यमा विनयी त्रिवेणी गाउँपालिकाले विपद् स्वयंसेवक तालिम सञ्चालन गरी स्वयंसेवक […]

पूरा पढ्नुहोस्

रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

चितवन । रोयल इन्फिल्डले चितवनको भरतपुरसहित देशभरी आफ्नो लोकप्रिय क्लासिक ३५० मोटरसाइकलको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’ सार्वजनिक गरेको छ । चितवनको भरतपुरमा यसको आधिकारिक वितरण सन अटोमोबाइल्स प्रालि ले गरेको हो । बुधबार भरतपुरमा आयोजित भव्य समारोहका बीच सन अटोमोबाइल्सका सञ्चालक गोविन्द श्रेष्ठ, चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष राजन पिया, चितवन अटोमोबाइल एशोसिएनका अध्यष […]

पूरा पढ्नुहोस्

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाहकक्ष स्थापना गर्न निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको सरसफाइ सुरक्षित एवं गोपनीयता सुनिश्चित भएको स्तनपान एवं शिशु हेरचाहकक्ष सञ्चालन आवश्यकताअनुसार स्तरोन्नति, बिरामी तथा विशेष आवश्यकता भएका यात्रुका लागि प्राथमिक हेरचाहकक्ष सञ्चालन गर्न पनि निर्देशन दिएको छ […]

पूरा पढ्नुहोस्

‘शून्य बाँकी फाइल अभियान’ चैत ३० गतेदेखि वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौँ । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म सञ्चालन गर्ने भएको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी कार्यालयमा ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२’ सार्वजनिक गरेको छ । कार्यालयमा दर्ता भएका फाइल, सुरुवात भएका टिप्पणीलगायतका फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा […]

पूरा पढ्नुहोस्

नगरस्तरीय परीक्षामा गैँडाकोट नमुना माविका ६ जनाले ल्याए चार जीपीए

नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिकाद्वारा सञ्चालित शैक्षिक सत्र २०८२ को नगरस्तरीय वार्षिक परीक्षामा गैँडाकोट नमुना माविका ६ जना विद्यार्थीले चार जिपीए ल्याएका छन् । विद्यालयले पालिकामा नै उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो शैक्षिक साखलाई पुनः एकपटक उँचो पारेको विद्यालयले जनाएको छ । गैँडाकोट नगरपालिकाद्वारा सार्वजनिक कक्षा ५ को वार्षिक नतिजाअनुसार आराध्या लम्साल, अश्मी सुवेदी, सृष्टी […]

पूरा पढ्नुहोस्

चितवन निकुञ्जमा सेनाको गोलीबाट गैँडाको मृत्यु

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोलीबाट एउटा वयस्क पोथी गैँडाको मृत्यु भएको छ । निकुञ्जका संरक्षण अधिकृत एवम् सूचना अधिकारी अविनाश थापा मगरका अनुसार निकुञ्जमा गस्ती गएका सेनालाई गैँडाले आक्रमण गरेपछि आत्मरक्षाका लागि चलाएको गोलीबाट गैँडाको मृत्यु भएको हो । निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गण अन्तर्गत सेहरी सुरक्षा पोष्टबाट निकुञ्जको कोर क्षेत्रमा परिचालित […]

पूरा पढ्नुहोस्

पाल्पाको ‘अक्सिजन प्लान्ट’ पुनः सञ्चालनमा

पाल्पा । विगत दुई वर्षदेखि बन्द रहेको यहाँस्थित पाल्पा अस्पतालको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा ल्याइएको छ । दक्ष जनशक्तिको व्यवस्थापन र मर्मतसम्भार गरी प्लान्ट पुनः सञ्चालनमा ल्याइएको हो । कोभिड–१९ का बेला सङ्घीय सरकारको बजेटबाट निर्मित सो प्लान्ट केही वर्षयता बिग्रिएको थियो । हाल प्लान्ट सञ्चालनमा आएसँगै जिल्लामा लामो समयदेखि अक्सिजन अभावको समस्या समाधान हुने […]

पूरा पढ्नुहोस्