प्रदेश
चितवनका ७२ जनामा क्षयरोग पुष्टि
चितवन । जिल्लाका विभिन्न पालिकामा गरिएको एआई एक्सरे क्याम्पबाट ७२ जनामा क्षयरोग पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय चितवनले भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा उक्त उपकरणको सहायताले क्षयरोगको पहिचान गरेको हो । कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीले साउनयता एआई एक्सरे उपकरणको सहायताले चार हजार ७१ को परीक्षण गर्दा ७२ […]
पूरा पढ्नुहोस्
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आर को अधिवेशन नवलपुरमा
नवलपुर । नवलपुरको गैँडाकोटमा हुन लागेको लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । चैत २८ गते शनिबार हुने महाधिवेशनका सन्दर्भमा जानकारी दिन आज (शुक्रबार) गैँडाकोटमा पत्रकार सम्मेलनको आयोजना गर्दै डिष्ट्रिक्टले महाधिवेशनका लागि प्रतिनिधिहरु आउन सुरु भएको जानकारी दिएको छ । महाधिवेशनमा डिष्ट्रिक्ट अन्तर्गतका २०३ वटा क्लबबाट एक हजार […]
पूरा पढ्नुहोस्
नवलपुरका सांसद गौतमद्वारा भृकुटी कागज कारखाना सञ्चालन गर्न सरकारको ध्यानाकर्षण
नवलपुर । नवलपुर क्षेत्र नम्बर १ का संघीय सांसद् राजन गौतमले गैँडाकोटमा बन्द अवस्थामा रहेको भृकुटी कागज कारखाना सञ्चालनको माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा आफ्नो धारणा राख्दै गौतमले अर्थमन्त्री स्वर्णिम गौतमलाई सम्बोधन गर्दै कागज कारखाना सञ्चालनमा सरकारले चासो देखाउन आग्रह गरेका हुन् । उनले कागज कारखानालाई पूर्णरुपमा सञ्चालन गर्न वा […]
पूरा पढ्नुहोस्
सांसद प्रभा ढकाल भन्छिन्ः गुणस्तरीय र बिरामीमैत्री सेवा देऊ
चितवन । चितवनकी संघीय सांसद् प्रभा ढकालले चितवनको भरतपुरमा रहेको वीपी कोइराला क्यान्सर अस्पतालको बेथिति अन्त्य गर्दै गुणस्तरीय र बिरामीमैत्री सेवा दिनुपर्ने माग गरेकी छिन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा आफ्ना भनाइ राख्दै ढकालले क्यान्सर अस्पतालमा बेथिति व्यप्त भएको उल्लेख गरिन् । उनले उपचार नपाएर गरिब र असहाय बिरामीहरुले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था […]
पूरा पढ्नुहोस्
तीन करोड लगानीमा प्रहरी चौकी भवन निर्माण
म्याग्दी । बेनी नगरपालिका–४ राक्सेमा रु तीन करोड ५० लाखभन्दा बढीको लागतमा सिङ्गा तातोपानी प्रहरी चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भूकम्पप्रतिरोधी क्षमताको दुईतले भवन निर्माण भएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले भवन निर्माणका लागि २०८१ साल असारमा रु तीन करोड ५१ लाख ७२९ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता […]
पूरा पढ्नुहोस्
गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा
वीरगञ्ज । नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहरमा थुप्रिएको बालुवा, माटो तथा झारपात हटाउँदै सरसफाइ अभियानलाई तीव्र गतिमा अघि बढाएको छ । चालु आर्थिक वर्षमा कार्यालयले मुख्य नहरतर्फ पर्सामा छ किलोमिटर र बारामा पाँच किलोमिटर सरसफाइ तथा मर्मतसम्भार थालेको छ । कार्यालयका प्रमुख मनोजप्रसाद पटेलका अनुसार नहरमा माटोसहितको गेग्र्यान थुप्रिँदै जाँदा नहरको आकार खुम्चिँदै गएको […]
पूरा पढ्नुहोस्
आज सिँचाइ दिवस : अझै कृषि योग्य जमिनमा सिँचाइको सुबिधा पुर् याउन चुनौती
काठमाडौँ । सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस ‘जलस्रोतको व्यवस्थित उपयोग, समृद्ध देश निर्माणमा सहयोग’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी यो दिवस आज मनाइँदै छ । तत्कालीन सरकारले २००९ सालमा नहर विभागको स्थापना गरेर कृषि जमिनमा सिँचाइको थालनी गरेको थियो । सोही अवसरको सन्दर्भलाई लिएर सरकारले सिँचाइ दिवस मनाउँदै आएको […]
पूरा पढ्नुहोस्
होटल पौवाको १०औँ वार्षिकोत्सव : तीन दिनसम्म खानाका परिकार चखाउने
चितवन । चितवनको भरतपुरमा सञ्चालनमा रहेको होटल पौवाले आफ्नो १०औँ वार्षिकोत्सवको अवसरमा विभिन्न खानाका परिकार चखाउन स्वाद उत्सव गर्ने भएको छ । भरतपुर–१० क्यान्सर रोडमा रहेको होटलले यही चैत २७, २८ र २९ गते सेवाग्राहीहरुलाई निःशुल्करुपमा विभिन्न खानाका परिकार चखाउँदै वार्षिकोत्सवको कार्यक्रम मनाउन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा शाखाका […]
पूरा पढ्नुहोस्
बुद्ध पूर्णिमाका दिन भरतपुरमा एक्सिस ब्याण्ड गुञ्जिने
चितवन । बुद्ध पूर्णिमाको अवसर पारेर चितवनको भरतपुरमा ‘चितवन म्युजिक क्यारनिभल च्यारीटी फर क्होइबो’ हुने भएको छ । तमु प्ये ल्हु संघको ‘क्होइबो’ (कुल पुज्ने घर) निर्माण सहयोगार्थ बैशाख १८ गते सांस्कृतिक साँझ गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सांस्कृतिक साँझमा ख्यातिप्राप्त ब्याण्ड तथा स्थानीय कलाकारबाट सांगीतिक प्रस्तुति रहने जनाइएको छ […]
पूरा पढ्नुहोस्
हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता
नवलपरासी । नवलपरासी(बर्दघाट-सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजार रुपैयाँसहितको बैंक खाता उपहार दिएको छ । ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रम मार्फत चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र जन्मिएका ती बालबालिकाहरूको बैंक खातामा पाँच हजार रकम जम्मा गरिएको हो । हुप्सेकोट गाउँपालिकाभित्र स्थायी बसोबास गरेका दम्पतीले छोरी जन्मिएर वडा कार्यालयमा जन्म दर्ता गराएपछि छोरीको नाममा खोलिने बैंक […]
पूरा पढ्नुहोस्



