११ कार्तिक २०८३, बुधबार

प्रदेश

पोखरामा जेन-जीको आन्दोलनमा प्रहरीको अश्रुग्यास

पोखरा । जेन-जी आन्दोलनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास गरेका छन् । आज भएको आन्दोलनका क्रममा उनीहरूले आगजनी प्रयास गरेपछि प्रहरीले बल प्रयोग गर्‍यो । आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीका फोहरा प्रहार गरेको छ । प्रहरी र आन्दोलनकारीबीच मुठभेड जारी छ ।

पूरा पढ्नुहोस्

जेन-जीद्वारा भरतपुर महानगरपालिकामा तोडफोड

चितवन । जेन-जीको आन्दोलनका क्रममा चितवनको भरतपुर तनावग्रस्त बनेको छ । आन्दोलनकारीले भरतपुर महानगरपालिका कार्यालयमा तोडफोड गरेका छन् । भरतपुरमा भेला भएका केही आन्दोलनकारीले ढुंगामुढा सुरु गरेपछि प्रहरीले पनि बल प्रयोग गरेको छ । प्रहरीका तर्फबाट अश्रुग्यास समेत प्रहार गरिएको छ । प्रदर्शनकारीहरु महानगरभित्र प्रवेश गर्ने प्रयास गरेका थिए ।

पूरा पढ्नुहोस्

ओखरबोट तामाखानी पुन: सञ्चालन गर्न अन्वेषण सुरु

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुनःसञ्चालनका लागि अन्वेषण सुरु भएको छ ।तामाखानी अन्वेषण गर्न खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त एमस दोङयी मिनरल्स प्रालिका भूगर्भविद् सम्मिलित टोलीले स्थलगत अध्ययन थालेका हुन् । मालिका गाउँपालिका– वडा नं ३ र ४ को सिमानामा ओखरबोट तामाखानी रहेको बताइएको छ । तामाखानीको खोजतलास तथा […]

पूरा पढ्नुहोस्

चेपाङ समुदायले मनाए सामूहिक रुपमा ‘न्वांगी’

चितवन । चेपाङ समुदायले सामूहिक रुपमा न्वांगी (छोनाम) पर्व मनाएका छन् । यहाँको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा आइतबार देशभरका चेपाङ भेला भएर सामूहिक रूपमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी न्वांगी मनाएका हुन् । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा न्वांगी पर्व मनाएका हुन् । मन्त्री श्रेष्ठले ढ्याङ्ग्रो ठोकेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । […]

पूरा पढ्नुहोस्

परम्परा जिवित राख्न चौथो पटक जिब्रो छेडाउनुभयो वीरेन्द्रभक्तले

भक्तपुर । इन्द्रजात्राको अवसरमा यहाँको मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३८ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले आज साँझ जिब्रो छेडाएर भक्तपुरको दत्तात्रय र नवदुर्गा मन्दिरसम्म यात्रा गर्नुभएको छ । भाद्र शुक्ल पूर्णिमाको साँझ आज राति ८ः३० बजे मध्यपुरथिमि नगरपालिका–४ र ५ को सङ्गमस्थलमा दिगुटोल दिग भैरब अगाडिको डबलीमा कर्मी नाइके बाबुकाजी श्रेष्ठले तीन वटा चुच्चो भएको १० […]

पूरा पढ्नुहोस्

एभरेस्ट महिला भलिबल लिगः घरेलु टोली पोखरा लुम्बिनीसँग पराजित

कास्की । पोखरामा जारी एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) मा लुम्बिनी लाभाजले पहिलो जित निकालेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज भएको दोस्रो खेलमा घरेलु टोली पोखरा निन्जाजलाई ३–२ को सेटले पराजित गर्दै लुम्बिनीले पहिलो जित दर्ता गरेको हो । पहिलो सेट १३–२५ ले गुमाएको पोखराले दोस्रो र तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै खेलमा […]

पूरा पढ्नुहोस्

माओवादीप्रति जनताको आशा, भरोसा र साथ छः अध्यक्ष दाहाल

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय माओवादीप्रति जनताको आशा, भरोसा र साथ रहेको बताउनुभएको छ । मध्यपहाडी लोकमार्ग अभियानअन्तगर्त आइतबार लमजुङको सुन्दरबजार नगरपालिका–९ स्थित भोँटेओडारमा आयोजित सभामा आफू सरकारको नेतृत्वमा रहेका बेला देश र जनताको पक्षमा काम गरेकाले अहिले पनि जनताको आशा, भरोसासहित साथ रहेको […]

पूरा पढ्नुहोस्

सञ्चार मन्त्रालयले भन्योः भीपीएन प्रयोग नगर्नू

चितवन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल प्ल्याटफर्महरू सञ्चालन गर्न भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोग नगर्न अनुरोध गरेको छ। मन्त्रालयले आज आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारको निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणमार्फत मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिई ती सामाजिक सञ्जालहरूको पहुँच निषेध गरिसकिएको जानकारी गराएको छ । […]

पूरा पढ्नुहोस्

पर्यटन व्यवसायी भन्छन्ः सामाजिक सञ्जाल चल्न देऊ

पोखरा । नेपाल सरकारद्वारा फेसबुक, ह्वाट्सएप, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरिएपछि गण्डकी प्रदेशको व्यापार, पर्यटन तथा नागरिक जीवनमा गम्भीर असर परेको सम्बन्धित व्यवसायीहरूले जानकारी गराउनुभएको छ। उक्त निर्णयले विशेषतः पोखरामा क्रियाशील व्यवसायहरूमा प्रतिकूल प्रभाव पारिरहेको जनाउँदै पर्यटकहरूले पूर्वनिर्धारित बुकिङहरू रद्ध गर्न थालेको तथा नयाँ बुकिङहरूमा समेत कमी आएको व्यवसायीहरूको भनाइ रहेको छ। यस […]

पूरा पढ्नुहोस्

गर्भवतीको हेलि एम्बुलेन्सबाट उद्धार

काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रस्थित खानीखोला गाउँपालिकामा पहिलोपटक हेलिकप्टरमार्फत गर्भवती महिलाको उद्धार गरिएको छ। शनिबार बिहान १० बजेदेखि सुत्केरी व्यथाले गम्भीर अवस्थामा पुगेकी १९ वर्षीया आयुष्मा भ्लोनलाई आइतबार हेलि एम्बुलेन्समार्फत काठमाडौं पुर्‍याइएको हो। तालढुंगा स्वास्थ्य चौकीमा भर्ना गरिए पनि आयुष्माको प्रसूति अवस्था बिग्रँदै गएको थियो। उच्च रक्तचाप, लामो व्यथा, र गर्भ शिशुमा समस्या देखिएपछि औषधिले पनि सुधार […]

पूरा पढ्नुहोस्