१० कार्तिक २०८३, मङ्गलबार

समाचार

एकैदिन २६ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव २९ अङ्कले ओरालो लागेर दुई हजार ६२७ दशमलव ११ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ५३ अङ्कले ओरालो लागेर ४५६ दशमलव २७ मा पुगेको छ […]

पूरा पढ्नुहोस्

‘हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु (नवलपरासी) । नवलपरासी(बर्दघाट-सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ स्कुलमा कक्षा ३ मा अध्ययनरत सिम्रन पाठकको व्यवहारमा पछिल्लो समय उल्लेखनीय परिवर्तन आएको छ । केही वर्षअघिसम्म मोबाइलमा धेरै समय बिताउने, साना–साना कुरामा रिसाउने, अभिभावकसँग जिद्दी गर्ने र पढाइमा खासै रुचि नदेखाउने सिम्रन अहिले नम्र, अनुशासित र जिम्मेवार बनेकी छिन् । “पहिले घरमा झगडा गर्ने, […]

पूरा पढ्नुहोस्

चितवनका तास व्यवसायी तिवारीको ‘सङ्घर्ष र सफलता’ लोकार्पण

चितवन, २० असार । चितवनका व्यवसायी एवम् भेटघाट रेष्टुरेन्टका सञ्चालक गोविन्दप्रसाद तिवारीको आत्मकथा ‘सङ्घर्ष र सफलता’ सार्वजनिक गरिएको छ । कास्कीको बेगनासमा जन्मिएर चितवनको नारायणघाटमा भेटघाट रेष्टुरेन्ट मार्फत पहिचान स्थापित गरेका तिवारीले आफ्नो आत्मकथाको रुपमा सङ्घर्ष र सफलता लोकार्पण गरेका हुन् । शनिबार नारायणघाटमा भव्यसमारोहकाबीच तिवारीको पुस्तक संविधानसभा सदस्य एवम् काँग्रेसका नेता प्रा डा सशाङ्क […]

पूरा पढ्नुहोस्

नवलपुरका महिला वन उद्यममा जोडिँदै

नवलपुर । वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले हस्तकला उद्यममार्फत आयआर्जनसँगै स्थानीय रोजगारी सिर्जना गरिरहेका छन् । जिल्लाको देवचुली नगरपालिकास्थित नमूना महिला सामुदायिक वनमा आबद्ध महिलाले थाकल र अम्रिसोको उपयोग गरी विभिन्न हस्तकलाका सामग्री तथा कुचो उत्पादन गर्दै आत्मनिर्भर बन्ने अभियान सञ्चालन गरेका हुन् । पहिले वनमा खेर जाने थाकल अहिले महिलाहरूको […]

पूरा पढ्नुहोस्

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्र सम्पन्न

नवलपुर । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको सम्पूर्ण कालोपत्रे तथा ढलान सडक निर्माण सम्पन्न भएको छ । आयोजनाको पूर्वी खण्ड अन्तर्गत पेभमेन्ट तर्फको बाइन्डर कोर्स, वेयरिङ कोर्स (अन्तिम कालोपत्रे) र कङ्क्रिट पेभमेन्ट (ढलान सडक) को सम्पूर्ण निर्माण शुक्रबारदेखि सम्पन्न भएको नारायणघाट–बुटवल सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी एवं इञ्जिनियर शिव खनाले […]

पूरा पढ्नुहोस्

‘पर्यटन विकासमा सरसफाइ र अतिथि सत्कारको भूमिका अहम्’

चितवन। पर्यटनको दिगो विकास र पर्यटकीयस्थलको संरक्षण तथा सम्बर्द्धनका लागि सरसफाइ तथा अतिथि सत्कारको महत्त्वपूर्व भूमिका रहने तथ्यमाथि जोड दिइएको छ । शनिबार भरतपुर–७ स्थित अङ्कुरम् एकेडेमीमा आयोजित ‘भरतपुरको धार्मिक तथा पर्यटन विकास एवं प्रवर्द्धनमा शिक्षक तथा विद्यार्थीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उक्त तथ्यमाथि जोड दिइएको हो । बागमती प्रदेश, संस्कृति तथा पर्यटन मन्त्रालय एवम् […]

पूरा पढ्नुहोस्

रात्रिकालीन जीप सफारी’ सुरु भएपछि सामुदायिक वनका उपभोक्तामा उत्साह

चितवन । वरण्डाभार जैविकमार्गस्थित सामुदायिक वनमा ‘रात्रिकालीन जीप सफारी’ सञ्चालनमा आएपछि स्थानीयमा उत्साह थपिएको छ । पर्यापर्यटनलाई सामुदायिक वनसम्म विस्तार गर्ने लक्ष्यसहित ‘रात्रिकालीन जीप सफारी’ सञ्चालन गरिएको हो । पर्यटनमा नयाँ आकर्षण थप्ने उद्देश्यले परीक्षणका रूपमा ‘रात्रिकालीन जीप सफारी’ सञ्चालन गरिएको पञ्चकन्या सामुदायिक वनका अध्यक्ष गोविन्द स्याङ्तानले बताउनुभयो । स्याङ्तानले भन्नुभयो, “यसअघि चितवन राष्ट्रिय निकुञ्जमा […]

पूरा पढ्नुहोस्

नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा

चितवन । वर्षात् सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउनका लागि उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको छ । सडक डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्र रहेको मुग्लिन–नारायणगढ सडकखण्ड र कालीगण्डकी करिडोरमा वर्षायाममा हुनसक्ने पहिरोको जोखिमलाई मध्यनजार गर्दै आवश्यक उपकरण तयारी अवस्थामा राखेको हो । कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर नारायण लामिछानेका अनुसार वर्षात्को समयमा पहिरो खस्न सक्ने […]

पूरा पढ्नुहोस्

चितवनलाई पर्यापर्यटनसँगै धार्मिक पर्यटनको प्रवर्द्धन गर्नमा जोड

चितवन । चितवनमा पर्यापर्यटनसँगै धार्मिक पर्यटनलाई पनि जोड दिनुपर्ने सरोकारवालाले बताएका छन् । बागमती प्रदेश सरकार पर्यटन मन्त्रालय र भरतपुर धार्मिक तथा पर्यापर्यटन विकास समितिले आयोजना गरेको धार्मिक पर्यटन प्रवर्द्धनात्मक अन्तरक्रियामा बोल्दै सरोकारवालाले चितवनमा पर्यापर्यटनसँगै धार्मिक पर्यटनको प्रचुर संभावना भएकाले दुवै क्षेत्रलाई सँगै लैजानुपर्नेमा जोड दिएका हुन् । बागमती प्रदेश पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले […]

पूरा पढ्नुहोस्

नर्सिङमा अध्ययनरत सन्तोषी श्रेष्ठ असार १४ गतेदेखि बेपत्ता

चितवन । चितवनको भरतपुर अस्पताल नर्सिङ कलेजमा बीएनएस तेस्रो वर्षमा अध्ययनरत नवलपुरको गैंडाकोटकी सन्तोषी श्रेष्ठ तीन दिनदेखि बेपत्ता भएकी छिन् । घरबाट असार १४ गते निस्किएकी श्रेष्ठ हालसम्म फेला नपरेपछि खोजी कार्यमा सहयोग गरिदिन परिवारले अपिल गरेको छ । नवलपुरको गैंडाकोट नगरपालिका–२ निवासी २८ वर्षीया सन्तोषी असार १४ गते साँझ करिब ८ बजे बा.प्र. ०६–००१ […]

पूरा पढ्नुहोस्