१० कार्तिक २०८३, मङ्गलबार

राजनीति

पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की: न्यायको बाटोमा एक साहसी यात्रा

नेपालको न्यायिक इतिहासमा एउटा सधैं उज्यालो रहिरहने नाम हो सुशीला कार्की । उहाँ केवल एक न्यायाधीश होइन, एक साहसी आवाज, एक इमानदार दृष्टिकोण र एक ऐतिहासिक परिवर्तनकी संवाहक समेत हुनुहुन्छ । जब देश अन्योलमा थियो, उहाँले न्यायको सिद्धान्तलाई अडिग राखेर नागरिक विश्वास पुनःस्थापित गर्नुभयो । बाल्यकाल र शिक्षा विसं २००९ साल जेठ २५ गते विराटनगरको […]

पूरा पढ्नुहोस्

पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनुभएको छ । उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । नेपालको इतिहासमा ४२औँ तथा पहिलाे महिला प्रधानमन्त्रीमा नियुक्त कार्कीको शपथ आजै हुँदैछ । यसैबीच आजै तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्ने पनि बताइएको छ ।

पूरा पढ्नुहोस्

चितवनमा निषेधाज्ञा जारी

चितवन । जिल्ला सुरक्षा समिति चितवनले कर्फ्यू हटाएर निषेधाज्ञाको आदेश जारी गरेको छ। जेन–जी आन्दोलन बढ्दै गएपछि समितिले भरतपुर महानगरपालिकाको संवेदनशील क्षेत्रलाई चार किल्लाभित्र पारेर कर्फ्यू आदेश जारी गरेको थियो। आज बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले अवस्थामा सुधार गएको विश्लेषण गर्दै कर्फ्यू हटाउने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अर्को सूचना जारी नहुँदासम्मका लागि […]

पूरा पढ्नुहोस्

प्रचण्डको अपिल: संविधान र संसदीय प्रक्रियाबाट निकास खोजौँ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी युवाहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाटै खोजिनुपर्ने बताउनुभएको छ । अहिलेको संविधान र व्यवस्थापिका संसद्को शून्यतामा खोजिने राजनीतिक निकासले प्रतिगमनलाई फाइदा पुग्ने उहाँको भनाइ छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले आज प्रेस विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘हाम्रो स्पष्ट मत छ, लोकतन्त्रको विकल्प […]

पूरा पढ्नुहोस्

विधिको शासन बलियो बनाऔंः कांग्रेस नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले लोकतान्त्रिक मूल्य–मान्यताप्रति पूर्ण प्रतिबद्ध भई विधिको शासनलाई बलियो बनाउन आवश्यक रहेको बताएका छन् । देशलाई संवैधानिक शून्यतामा जानबाट रोक्न सबै एकजुट हुनु आवश्यक रहेको उनको भनाइ छ । सामाजिक सञ्जाल फेसबुकमा पौडेलले लेखेका छन्, ‘२०८२ भदौ २३ र २४ गते भएका घटनाक्रम र उत्पन्न विषम परिस्थितिले सिंगो देश […]

पूरा पढ्नुहोस्

पापडको सुझाव: संवैधानिक प्रक्रियाबाट निकास खोजौँ

काठमाडौं । पेसागत सञ्जाल (पापड)ले शान्ति र संवैधानिक प्रक्रियाबाट देशलाई निकास दिन सुझाव दिएको छ । जेनजी आन्दोलनपछि राज्यविहिनताको अवस्था आएको र यसको समाधानका लागि अन्योलता देखिएको बताउँदै पापडले यस्तो सुझाव दिएको हो । पापडले बिहीबार वक्तव्य जारी गर्दै वर्तमान विषम परिस्थितिलाई सुरक्षित अवतरण गरी शान्ति र लोकतन्त्रलाई सदृढ गर्दै लैजानु पर्ने बताएको छ । […]

पूरा पढ्नुहोस्

कारागारबाट निस्किएका कैदीबन्दी सम्पर्कमा आउनूः जिल्ला सुरक्षा समिति चितवन

चितवन । कारागार कार्यालय भरतपुरबाट निस्किएका कैदीबन्दीलाई प्रशासनको सम्पर्कमा आउन जिल्ला सुरक्षा समितिले अनुरोध गरेको छ । हिजो बेलुका सुरक्षा समितिको तर्फबाट प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गरि जिल्ला कारागार भरतपुरबाट बुधबार बिहान गेट फोडेर निस्किएका कैदीबन्दीलाई प्रशासनको सम्पर्कमा आउन अनुरोध गर्नुभएको हो । अर्यालले जारी गरेको सूचनामा कारागार छोडेर निस्किएकै कारण कैदीबन्दीलाई […]

पूरा पढ्नुहोस्

जेन–जी आन्दोलनमा ३० जनाको मृत्यु, एक हजारभन्दा धेरै घाइते

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते भएका जनाएको छ । मन्त्रालयका सचिव डा विकास देवकोटाका अनुसार देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु र एक हजार ६१ जनाको उपचार भएको छ । उहाँले मन्त्रालयले विभिन्न अस्पतालमा सम्पर्क गरी प्राप्त भएको विवरण सार्वजनिक गरेको बताउनुभयो । […]

पूरा पढ्नुहोस्

नयाँ बन्ने सरकारका मुख्य चुनौती यस्ता हुन्छन्

काठमाडौंसहित देशभर चलेको दुईदिने आन्दोलनले सत्ता ढलिसकेको छ । प्रधानमन्त्री पदबाट राजीनामा दिएदेखि नै एमाले अध्यक्ष केपी शर्मा ओली भूमिगत छन् । संसदका पहिलो र दोस्रो ठूलो दलका धेरै नेता सुरक्षित ठाउँमा लुकेर बस्न बाध्य छन् । बूढानीलकण्ठमा रहेको आफ्नै घरभित्र आन्दोलनकारीको आक्रमणमा परेका कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा उपचाररत […]

पूरा पढ्नुहोस्

राष्ट्र हितका लागि काम गर्न तयार छु: सुशीला कार्की

काठमाडौं । नेपालको अन्तरिम सरकारको नेतृत्वका लागि जेन-जी युवाबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय हितका लागि काम गर्न तयार रहेको बताउनुभएको छ । नेपाली युवाहरुले आफूलाई गरेको विश्वासप्रति विनम्रता महसुस गरेको पनि उहाँले बताउनुभयो । भारतीय टेलिभिजन च्यानल न्यूज १८ लाई प्रतिक्रिया दिँदै ७१ वर्षीया कार्कीले सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो, ‘जेन–जी समूहले […]

पूरा पढ्नुहोस्