राजनीति
नवलपुरमा तारजालीभित्र मतगणना गरिँदै
नवलपुर । नवलपुरको दुवै निर्वाचन क्षेत्रको मतगणना कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पसमा गरिने भएको छ । मतगणनाका लागि क्याम्पसका चार वटा कोठामा मतगणनास्थल तयार पारिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले जानकारी दिए । ‘मतगणनालाई सुरक्षित बनाउनका लागि तारजालीको घेरा र सिसी टिभी क्यामेराको निगरानी हुनेछ’ उनले भने, ‘चार वटै कोठामा तारजाली लगाउने काम […]
पूरा पढ्नुहोस्
नवलपुरमा मतदानको सम्पूर्ण तयारी पूरा
नवलपुर । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय नवलपुरले जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । बिहीबार हुने निर्वाचनको लागि अब जिल्लामा मतदान गर्ने काममात्रै बाँकी रहेको जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले जानकारी दिए । बिहीबार हुने मतदानका लागि जिल्लाका सबै मतदान केन्द्रमा सर्वदलीय बैठक, […]
पूरा पढ्नुहोस्
पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ
वीरगन्ज । पर्सा प्रहरीले शङ्कास्पद वस्तुसहित पर्साको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ का उम्मेदवार मनोजकुमार चौधरीसहित चार जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त जाँच टोलीले पर्साको हरपुरबाट बडनिहारतर्फ आउँदै गरेको बा१०च १२५० नम्बरको गाडीमाथि जाँच गर्दा गाडीको पछाडि डिक्कीभित्र पहेँलो टेपले बेरिएको टिनको बक्साभित्र शङ्कास्पद वस्तु फेला पारेर […]
पूरा पढ्नुहोस्
‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?
काठमाडौँ । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि आजराति १२ बजेसम्म प्रचारप्रसारको समय प्रदान गरेको छ । मतदान हुनु ४८ घण्टाअघिबाट मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै […]
पूरा पढ्नुहोस्
नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम
त्रिवेणी । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम भएका छन् । यी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउनेछन् । जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार जिल्लामा एउटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लाको कावासोती नगरपालिका–२, मा रहेको शिव नमूना माविमा […]
पूरा पढ्नुहोस्
अठार जना उम्मेदवारले मात्रै खोले बैंक खाता
नवलपुर । नवलपुरमा १८ जना उम्मेदवारले मात्रै बैंक खाता खोलेका छन् । जिल्ला निर्वाचन कार्यालय नवलपुरका जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालकाअनुसार बैंक खाता खोल्ने भनेर ३२ जना उम्मेदवारले सिफारिस लगेका भए पनि फागुन १७ गतेसम्म १८ जना उम्मेदवारले मात्रै बैंक खाता खोलेको जानकारी गराएका हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई वटा क्षेत्र रहेको […]
पूरा पढ्नुहोस्
नवलपुरमा १२ उम्मेदवारले बुझाए घोषणापत्र, एमालेका दुवै उम्मेदवारले बुझाए घोषणापत्र
नवलपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई वटा क्षेत्र रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा १२ जना उम्मेदवारलेमात्रै घोषणापत्र बुझाएका छन् । दुईवटा क्षेत्रमा गरी जम्मा ३४ जना उम्मेदवार रहेकामा १२ जना उम्मेदवारले मात्रै आफ्नो घोषणापत्र बुझाएका हुन् । नवलपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेम प्रसाद पौडेलले निर्वाचन क्षेत्र नम्बर १ मा ६ जना उम्मेदवारले मात्रै […]
पूरा पढ्नुहोस्
चितवनमा निर्वाचनको तयारी पूरा, मत खसाल्नमात्रै बाँकी
चितवन । चितवनमा निर्वाचनको सम्पूर्ण तयारी भएको जनाइएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा जिल्लाका पत्रकारसँग आयोजित ‘निर्वाचन र आमसञ्चार विषयक’ अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय चितवनले सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । जिल्ला निर्वाचन कार्यालय चितवनका जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले जिल्लाका सात वटा पालिकाका ९८ वटै वडामा सम्पर्क व्यक्ति तोकेर […]
पूरा पढ्नुहोस्
चितवनमा ५०२ कैदीबन्दी मतदानबाट बञ्चित
चितवन । फागुन २१ मा हुने निर्वाचनमा कारागार कार्यालय चितवनमा रहेका ५०२ जना कैदीबन्दीहरुले मतदान गर्न नपाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनले उनीहरुको नाम मतदाता नामावलीमा दर्ता गराउन ध्यान नदिँदा कैदीबन्दी मतदानमा सहभागी हुनबाट बञ्चित भएका हुन् । कारागार कार्यालय चितवनमा ६१७ जना कैदीबन्दी रहेकामा जम्मा ११५ जनाले मात्रै मतदान गर्न पाउने भएका […]
पूरा पढ्नुहोस्
चुनावैपिच्छे वाचा, शुक्लाफाँटा आरक्ष विस्थापित २४ वर्षदेखि पुनःस्थापनाको पर्खाइमा
कञ्चनपुर । हरेक निर्वाचनमा दलहरूको चुनावी एजेन्डा बन्ने गरेको शुक्लाफाँटा आरक्ष विस्थापितको विषय यसपटकको निर्वाचनमा पनि सबै दलका उम्मेदवारको चुनावी एजेन्डामा छ । स्थानीय तह निर्वाचनदेखि सङ्घीय निर्वाचनमा आरक्ष विस्थापितको पुनःस्थापनाको एजेन्डा बन्दै आएको दुई दशक भइसकेको छ । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) विस्तारका क्रममा २०५८ सालमा विस्तापित भएका आरक्ष विस्थापित […]
पूरा पढ्नुहोस्



