गण्डकी प्रदेश
नर्सिङमा अध्ययनरत सन्तोषी श्रेष्ठ असार १४ गतेदेखि बेपत्ता
चितवन । चितवनको भरतपुर अस्पताल नर्सिङ कलेजमा बीएनएस तेस्रो वर्षमा अध्ययनरत नवलपुरको गैंडाकोटकी सन्तोषी श्रेष्ठ तीन दिनदेखि बेपत्ता भएकी छिन् । घरबाट असार १४ गते निस्किएकी श्रेष्ठ हालसम्म फेला नपरेपछि खोजी कार्यमा सहयोग गरिदिन परिवारले अपिल गरेको छ । नवलपुरको गैंडाकोट नगरपालिका–२ निवासी २८ वर्षीया सन्तोषी असार १४ गते साँझ करिब ८ बजे बा.प्र. ०६–००१ […]
पूरा पढ्नुहोस्
नवलपुरका कृषक विविधीकृत खेतीतर्फ आकर्षित
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटारका कृषकहरु विविधीकृत खेतीतर्फ आकर्षित भएका छन् । यहाँका कृषकहरुले मुख्यबालीको रुपमा अदुवा बेसार लगाएका छन् भने सहायक बालीको रुपमा चिप्लीभिण्डी र मकैबाली लगाएर आम्दानी गर्दैछन् । बुलिङटार–१ ढाडबेँसीका कृषक टकबहादुर खण्डलुकले चार रोपनी क्षेत्रफलमा बेसार खेती गर्नुभएको छ । “मैले बेसार खेतीसँगै बारीमा भिण्डी र मकैखेतीसमेत गरेको छु” उहाँले भन्नुभयो, […]
पूरा पढ्नुहोस्
लायन्स क्लब अफ नारायणगढ बालकुमारीद्वारा आठ विद्यार्थीलाई छात्रवृत्ति
नवलपुर । सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक उन्नयनमा सहयोग पुर्याउने उद्देश्यलेलायन्स क्लब अफ नारायणगढ बालकुमारीले स्थापना गरेको ‘लायन्स क्लब अफ नारायणगढ बालकुमारी अक्षय कोष’बाट यसवर्ष पनि छात्रवृत्ति वितरण गरिएको छ। तीन वर्षअघि लायन्स अन्तरराष्ट्रिय, डिष्ट्रिक्ट ३२५ आरबाट प्राप्त रु. ५० हजारको परियोजना फण्ड तथा क्लबका सदस्यहरूबाट संकलित रकमसमेत गरी रु. एक […]
पूरा पढ्नुहोस्
कक्षा १२ मा नेपाल प्रथम भएका गैँडाकोट नमूनाका छात्र शीतल गौतमसहितका विद्यार्थी सम्मानित
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–२ मा रहेको गैँडाकोट नमूना मावि/कलेजले कक्षा १२ मा नेपाल प्रथम भएका छात्र शीतल गौतमसहितका विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयले आज बिहान ‘द नेक्स्ट च्याप्टर’ कार्यक्रम गरी विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीलाई सम्मानित गरेको हो । गौतमले यस वर्षको कक्षा १२ को परीक्षामा ३.९६ जिपीए ल्याएर उत्तीर्ण गरेका थिए । […]
पूरा पढ्नुहोस्
‘पढ्दै कमाउँदै’ अवधारणासहित गैँडाकोटमा एनआईटी कलेज सञ्चालन
नवलपुर । नवलपुरको गैँडाकोटमा एनआईटी कलेज सञ्चालनमा आएको छ । काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन लिएर पढ्दै कमाउँदै अवधारणामा कलेज सञ्चालन गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । गैँडाकोट–५ काँग्रेसचोकमा स्नातक तह अन्तर्गत ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बिआईटी) कार्यक्रम सञ्चालन गर्ने गरी कलेज सञ्चालन गरिएको कलेजका अध्यक्ष छविलाल कँडेलले बताए । एनआईटी कलेजले चालु शैक्षिक […]
पूरा पढ्नुहोस्
नवलपुरमा रात्रिकालिन मापसे चेकमा कडाइ
नवलपुर । नवलपुरमा रातिको समयमा दुर्घटना बढेपछि सवारीसाधन सञ्चालनमा कडाइ गरिएको छ । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले रातीको समयमा सञ्चालन हुने सवारीसाधन सञ्चालनमा कडाइ गरेको हो । कार्यालय प्रमुख प्रहरी निरीक्षक कुशल बर्तौलाले नवलपुर प्रवेश गर्ने र बाहिरिने नाकामा सवारीसाधनको चेकजाँचलाई कडाइ गरिएको बताउनुभयो । उहाँकाअनुसार नवलपुर भित्रिने र […]
पूरा पढ्नुहोस्
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० पितौजीमा सोमबार साँझ इभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । पोखराबाट कपिलबस्तुको कृष्णनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३ च १२०५ नम्बरको विद्युतीय सवारी (इभी) हाइस अनियन्त्रित भई सडकमा पल्टिएको थियो । दुर्घटनापछि सशस्त्र प्रहरी बलको टोली तत्काल […]
पूरा पढ्नुहोस्
रास्वपा प्रथम महाधिवेशन : गैँडाकोटका होटल भरिभराउ
नवलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका कारण नवलपुरको गैँडाकोटका होटलहरु भरिभराउ भएका छन् । महाधिवेशनमा आउने प्रतिनिधि तथा पर्यवेक्षकका कारण शनिबार साँझदेखि नै गैँडाकोटका होटलका कोठाहरु ९५ प्रतिशतभन्दा बढी भरिभराउ भएका मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी सङ्घ गैँडाकोट, नवलपुरका अध्यक्ष शिव पौडेलले बताउनुभयो । “गैँडाकोटदेखि झराही खोला, ढोडेनीसम्मका सबै होटलहरु भरिभराउ भएका छन्” उहाँले […]
पूरा पढ्नुहोस्
उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका
नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकाले उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै उत्पादन वृद्धि तथा किसानको आयआर्जन बढाउने अभियानलाई तीव्रता दिएको छ । गाउँपालिकाले स्थानीयस्तरमा रहेका सम्भावनाको अध्ययन गरी नगदे बालीका रूपमा उखु र बेसारखेती विस्तारमा विशेष जोड दिएको हो । सात वटा वडामा फैलिएको गाउँपालिकामा कृषिलाई मुख्य आयआर्जनको आधार बनाउने लक्ष्यसहित […]
पूरा पढ्नुहोस्
गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालको कोशी प्रदेशका केही भू–भागमा मनसुनी प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनसार अन्य भू–भागमा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ । विभागका अनुसार कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । अन्य तराई भू–भागमा मुख्यतया सफा […]
पूरा पढ्नुहोस्



