गण्डकी प्रदेश
गैँडाकोटको शिरमा अवस्थित आस्थाको प्रतीक मौलाकालिका
नवलपुर । नवलपुर, तनहुँ तथा चितवन जिल्लाको मनोरम प्राकृतिक वातावरण दृश्यावलोकनका लागि ‘भ्यूटावर’ सरह आकर्षक स्थल बनेको नवलपुरको गैँडाकोटमा अवस्थित मौलाकालिका मन्दिर धार्मिक आस्था र पर्यटन दुवै दृष्टिले महत्वपूर्ण गन्तव्य बन्दै गएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित ऐतिहासिक मौलाकालिका मन्दिर प्रसिद्ध हिन्दु देवी माता कालिका को मन्दिर हो । यो मन्दिर पूर्व–पश्चिम राजमार्गको […]
पूरा पढ्नुहोस्
गैँडाकोटमा भोलिदेखि आठौँ राष्ट्रपति रनिङशिल्ड
नवलपुर । नवलपुरको गैँडाकोटमा भोलि शुक्रबारदेखि नगरस्तरीय आठौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने भएको छ । गैँडाकोट नगरपालिकाको आयोजना र गैँडाकोट नगर खेलकुद विकास समितिको संयोजनमा हुने प्रतियोगिता कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी, एक सय मिटरदेखि ३ हजार मिटरसम्मको दौड प्रतियोगिता, रिले रेस, हाइजम्प, लङजम्प, त्रिपलजम्प, भाला हान्ने खेल (ज्याबलिङ थ्रो), […]
पूरा पढ्नुहोस्
तीस हजार बालबालिकालाई भिटामिन ए खुवाइँदै
नवलपुर । नवलपुरमा करिब ३० हजार बालबालिकालाई भिटामिन ए खुवाइँदै छ । नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई बिहीबार र शुक्रबार भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको हो । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीले बिहीबारमात्रै जिल्लाका करिब ५० प्रतिशत बालबालिकालाई भिटामिन ए र जुकाको […]
पूरा पढ्नुहोस्
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशहरूमा साधारणतया […]
पूरा पढ्नुहोस्
ब्रम्हस्थानको ॐकारेश्वर मन्दिरमा अखण्ड हरिकीर्तन सुरु
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ ब्रम्हस्थानस्थित ॐकारेश्वर महादेव मन्दिरमा ७२ घण्टे अखण्ड हरिकीर्तन सुरु गरिएको छ । कात्तिक १५ गते परेको हरिबोधनी एकादशीको अवसरमा मन्दिरमा बिहीबारदेखि ७२ घण्टे अखण्ड हरिकीर्तन सुरु भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष थमनारायण शर्माले जानकारी दिनुभयो । अखण्ड हरिकीर्तन सुरु हुनु अगाडि मन्दिर परिसर सरसफाइ गरिएको उहाँको भनाइ छ । नारायणी […]
पूरा पढ्नुहोस्
नवलपुरको प्रहरी चौकी जलाउने सात जना पक्राउ
नवलपुर । ‘जेन–जी’ प्रदर्शनको क्रममा गत भदौ २४ गते नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा प्रहरी चौकी जलाउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २४ गते जिल्लाको हुप्सेकोट–१ बेलुवास्थित प्रहरी चौकी हुप्सेकोटभित्र प्रवेश गरी कार्यालय भवन तथा सवारीसाधनहरु तोडफोड, आगजनी गरी क्षति गराएको घटनामा संलग्न रहेका सात जनालाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी […]
पूरा पढ्नुहोस्
वर्षाले सडक चिप्लो हुँदा दाउन्नेमा सडक अवरुद्ध
नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा सडक अवरुद्ध भएको छ । सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडकमा आज बिहानबाट परेको पानीका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक […]
पूरा पढ्नुहोस्
चितवन निकुञ्जमा जीप सफारीको अनुमति नवलपुरबाट पनि
त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीको अनुमति प्राप्त भएको छ । योसँगै पर्यटन व्यवसाय फस्टाउनुका साथै पर्यटन प्रवर्द्धन हुने विश्वासमा यहाँका पर्यटन व्यवसायी उत्साही बनेका छन् । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले नवलपुर पर्यटन समितिलाई आर्थिक वर्ष २०८२/८३ का लागि ‘जङ्गल ड्राइभ’ जीप सफारी सञ्चालन गर्न अनुमति दिएको हो । […]
पूरा पढ्नुहोस्
जेन–जी प्रदर्शनमा नवलपुरमा ५८ करोड क्षति
नवलपुर । जेन–जी प्रदर्शनको क्रममा भदौ २४ गते भएको आगजनी तथा तोडफोडका कारण नवलपुरमा करिब ५८ करोड रुपैयाँ बराबरको क्षति भएको छ । प्रदर्शनका क्रममा जिल्लास्थित सरकारी र निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडबाट अनुमानित ५८ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताउनुभयो । पाण्डेकाअनुसार […]
पूरा पढ्नुहोस्
नारायणी नदी किनारमा छठ पर्वको रौनक
चितवन । नवलपुर तथा चितवनमा पछिल्लो वर्षहरुमा छठ पर्व धुमधामका साथ मनाउन थालिएको छ । बर्सेनि छठ पर्व मनाउने श्रद्धालुको सङ्ख्या नारायणी नदी किनारमा बढ्दै गएको देखिन्छ । छठ पर्वको मुख्य दिन आज नारायणी नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ दिन भक्तालुहरुको ठूलै भीड लागेको थियो । नारायणी नदी किनार, त्रिवेणीधामसँगै जिल्लाका विभिन्न खोला तथा पोखरीमा […]
पूरा पढ्नुहोस्



