प्रदेश
जीवनमुखी शिक्षाको अभ्यास : ईडेन गार्डेनको फुड फेस्टिवल
चितवन । चितवनको भरतपुरस्थित ईडेन गार्डेन इङ्ग्लिश सेकेण्डरी स्कूलले व्यवहारिक शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित “पहिलो फुड फेस्टिवल–२०८२” आयोजना गरेको छ । “लर्निङ बाइ डुइङ” शिक्षण दर्शनलाई व्यवहारमा उतार्दै विद्यार्थीलाई पुस्तकबाहिरको वास्तविक जीवनसँग जोड्ने लक्ष्यका साथ विद्यालयले शुक्रबार उक्त कार्यक्रम सम्पन्न गरेको विद्यालयका शैक्षिक संयोजक प्रकाश सुवेदीले जानकारी दिनुभयो । “फ्लेभर अफ लर्निङ” शीर्षकमा आयोजित फुड […]
पूरा पढ्नुहोस्
एमालेमा चितवनबाट उपाध्यक्षसहित नौ जना केन्द्रीय सदस्य निर्वाचित
चितवन । नेकपा एमालेको ११औँ महाधिवेशनमा चितवनबाट उपाध्यक्षसहित नौ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । नेकपा एमाले चितवनका सचिव प्रकाश ढुङ्गानाका अनुसार चितवनलाई भूगोल बनाएर राजनीति गरिरहेका नौ जना पदाधिकारी तथा केन्द्रीय सदस्यमा विजयी भएका हुन् । उपाध्यक्षमा रामबहादुर थापा बादल, केन्द्रीय कृष्णभक्त पोखरेल, सदस्यमा देवी ज्ञवाली, जेएन थपलिया, पार्वती रावल, प्रभा बराल, यम […]
पूरा पढ्नुहोस्
नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओलीको ह्याट्रिक
चितवन । नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रोपटक विजयी हनुभएको छ । बिहीबार काठमाडौँमा सम्पन्न पार्टीको ११औँ महाधिवेशनमा ईश्वर पोखरेललाई १०९९ मतले पराजित गर्दै ओली तेस्रोपटक पार्टीको अध्यक्षमा विजयी भएका हुन् । अध्यक्ष पदमा ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत प्राप्त गरे । ओली नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई ५६ मतले पराजित […]
पूरा पढ्नुहोस्
प्रदेशस्तरीय महिला भलिबलका लागि भरतपुरमा खेलाडी छनौट गरिँदै
चितवन । यही पुसको ९ देखि १२ गतेसम्म हुने बागमती प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताका लागि भरतपुरमा खेलाडी छनौट गरिने भएको छ । धादिङ जिल्ला भलिबल संघको आयोजनामा हुन लागेको प्रदेशस्तरीय प्रतियोगिताका लागि पुस ५ गते शनिबार भरतपुरमा खेलाडी छनौट गर्न लागिएको चितवन जिल्ला भलिबल संघका अध्यक्ष रमेश विश्वकर्माले जानकारी दिनुभयो । प्रतियोगितामा चितवन जिल्लाको महिला […]
पूरा पढ्नुहोस्
‘अङ्कुरम् जुनियर म्याथ च्यालेन्ज’मा बाल्मीकि पहिलो
चितवन। विद्यार्थीको गणितीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘जुनियर म्याथ च्यालेन्ज १.०’ प्रतियोगिता आयोजना गरिएको छ । प्राथमिक तहका बालबालिकामा गणितप्रतिको रुचि बढाउने, तार्किक सोचको विकास गर्ने तथा स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउँदै विद्यार्थीमा समस्या समाधान गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा चितवनका विभिन्न स्कुलका २५ समूहको सहभागिता रहेको थियो । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुम् […]
पूरा पढ्नुहोस्
पृथ्वी राजमार्ग अन्तर्गत चार लेनको मादी पुल अन्तिम चरणमा
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७४ प्रतिशत प्रगति भएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ । उक्त खण्डका इन्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले अब २६ प्रतिशतमात्र काम बाँकी रहेको […]
पूरा पढ्नुहोस्
एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार आज मतदानको समय तोकिएको छ । नयाँ नेतृत्वका लागि हिजो राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली पनि आयोगले सार्वजनिक गरिसकेको छ । उहाँका अनुसार कुल ३०१ केन्द्रीय […]
पूरा पढ्नुहोस्
कतार जाने खगेन्द्रप्रसाद र रुद्रकलीलाई चितवनबाट गरियो बिदाइ
चितवन । नेपालले कतारलाई उपहारस्वरुप दिन लागेकोे दुईवटा हात्तीलाई सोमबार सौराहाबाट बिदाइ गरिएको छ । सौराहास्थित खोरसोरबाट ट्रकमा राखेर यी दुई हात्तीलाई सोमबार बिदाइ गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका अनुसार सौराहाको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका खगेन्द्रप्रसाद र रुद्रकली नामका छावालाई आगामी पुस २ गते रुपन्देहीको भैरहवा विमानस्थलबाट कार्गो विमानमार्फत् कतार पठाइँदैछ […]
पूरा पढ्नुहोस्
मुस्ताङको ‘झारकोट’ ओझेलमा
मुस्ताङ । यहाँको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ पर्यटन विकासको प्रचुर सम्भावना हुँदाहुँदै ओझेल परेको छ । मुक्तिनाथ मन्दिर नजिकै एउटा वडामा रहेको पुराना रानीपौवा बजार पर्यटनले गुल्जार भइरहँदा यहाँको सबैभन्दा पुरानो ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ पर्यटन प्रवर्द्धन र विकासमा भने पछि परेको हो । […]
पूरा पढ्नुहोस्
शिक्षा प्रणालीको सामुहिक सुधार गर्दैछौँ : सामाजिक विकास मन्त्री थापा
नवलपुर । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेशभित्रको शिक्षा प्रणालीको सामुहिक सुधार गर्ने काम भइरहेको बताउनुभएको छ । प्रदेशभित्र शिक्षा प्रणालीको सामुहिक सुधार गर्दै व्यवहारिक जीवनोपयोगी तथा श्रम बजारमैत्री विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । नवलपुरको गैँडाकोटस्थित कालिका नमूना माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती […]
पूरा पढ्नुहोस्



