प्रदेश
मौलाकाली केबलकार पुनःसञ्चालनमा
नवलपुर । गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट बन्द भएको मौलाकाली केबलकार पुनःसञ्चालनमा आएको छ । जेनजी आन्दोलनबाट क्षति पुगेर बन्द भएको केबलकारको दुई महिनापछि परीक्षण सञ्चालन सफल भएको हो । मौलाकाली केबलकार लिमिटेडका स्टेशन म्यानेजर सुरज पौडेलले आइतबार साँझ गरिएको प्राविधिक परीक्षण सफल भएपछि चाँडै नै केबलकार नियमित सञ्चालन […]
पूरा पढ्नुहोस्
एसक्युसी चितवन हबद्वारा ‘ओमराज मैनाली उत्कृष्टता पुरस्कार’को स्थापना
नवलपुर । शैक्षिक संस्थाहरूमा गुणस्तर, नवीनता र निरन्तर सुधारको संस्कृति विकास गर्न विद्यार्थीलाई व्यक्तिगत र व्यावसायिक विकासका लागि आवश्यक सीपहरू प्रदान गर्ने क्रियाशील संस्था क्वेस्ट नेपालअन्तर्गतको एसक्युसी हब चितवन (विद्यार्थी गुणीय चक्र चितवन) को ‘दसौँ एसक्युसी हब कन्भेन्सन’ सम्पन्न भएको छ । शनिबार गैँडाकोट इङ्ग्लिस स्कुलमा आयोजना गरिएको सो कन्भेन्सनमा चितवन हबअन्तर्गतका आबद्ध १३ वटा […]
पूरा पढ्नुहोस्
नेपाली हिज्जे प्रतियोगितामा भानु मेमोरियल पहिलो
चितवन । विज्ञहरूबाट उच्चारित शब्द कानमा ठोक्किन नपाउँदै प्रतिस्पर्धी विद्यार्थी त्यसको वर्णविन्यासअनुसार हिज्जे उच्चारण गरिहाल्थे । अर्को पटक फेरि नयाँ शब्द सोधिन्थ्यो, प्रतिस्पर्धी विद्यार्थीले त्यसको पर्यायवाची, विपरीतार्थी आदि शब्द फटाफट भनिहाल्थे । घरिघरि विद्यार्थी अलमलिन्थे र अर्को समूहलाई पास गरिदिन्थे । कतिबेला सबै समूहले सही उत्तर दिन्थे त कतिबेला कुनै समूहले पनि उत्तर मिलाउन सक्दैनथे […]
पूरा पढ्नुहोस्
नारायणघाट बुटवल सडकको गैँडाकोटमा रातिमा सडक बिस्तार गरिंदै
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको गैँडाकोटमा रातिको समयमा सडक बिस्तारको काम भइरहेको छ । नारायणी नदीको पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले त्यस स्थानमा रातिमा काम अगाडि बढाइएको हो । नारायणघाट बुटवल सडक योजना पूर्वी खण्डका सूचन अधिकारी इन्जिनीयर शिव खनालले हरेक दिन राति १० बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म काम […]
पूरा पढ्नुहोस्
भरतपुरको सिएमसीमा ‘रोबोटिक सर्जरी’ सुरू
चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले काठमाडौं उपत्यकाबाहिर पहिलोपटक रोबोटिक सर्जरी सुरु गरेको छ । शुक्रबार पत्रकार सम्मेलनमा अस्पतालले साढे १ महिनादेखि सुरु रोबोटिक सर्जरी प्रविधिबाट हालसम्म १४ वटा शल्यक्रिया गरिएको जानकारी दिएको छ । रोबोटिक तथा युरोसर्जन डा. प्रतीकमान सिंह गुरुङ, जिआई सर्जनहरु डा. विशाल आचार्य र डा. रोहितकुमार मिश्र नेतृत्वमा सर्जरी […]
पूरा पढ्नुहोस्
भरतपुरमा रोयल इनफिल्ड मेटिओर ३५० को बिक्री सुरु, सन अटो मोबाइल्सबाट उपलब्ध
चितवन । विश्वकै लोकप्रिय मोटरसाइकल ब्रान्ड रोयल इनफिल्डको नयाँ भेरियन्ट ‘मेटिओर ३५०’ अब चितवनको बजारमा उपलब्ध भएको छ । भरतपुरस्थित सन अटो मोबाइल्सले शुक्रबारदेखि यसको औपचारिक बिक्री शुभारम्भ गरेको हो । सन अटोमोबाइल्सका सञ्चालक गोविन्दमान श्रेष्ठले मेटिओर ३५० लाई चितवनका बाइकप्रेमीहरूका लागि उपयुक्त विकल्प भएको बताउँदै लामो दूरीको यात्रालाई सहज बनाउने र क्लासिक लुकले युवाहरूलाई […]
पूरा पढ्नुहोस्
गैँडाकोटको शिरमा अवस्थित आस्थाको प्रतीक मौलाकालिका
नवलपुर । नवलपुर, तनहुँ तथा चितवन जिल्लाको मनोरम प्राकृतिक वातावरण दृश्यावलोकनका लागि ‘भ्यूटावर’ सरह आकर्षक स्थल बनेको नवलपुरको गैँडाकोटमा अवस्थित मौलाकालिका मन्दिर धार्मिक आस्था र पर्यटन दुवै दृष्टिले महत्वपूर्ण गन्तव्य बन्दै गएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित ऐतिहासिक मौलाकालिका मन्दिर प्रसिद्ध हिन्दु देवी माता कालिका को मन्दिर हो । यो मन्दिर पूर्व–पश्चिम राजमार्गको […]
पूरा पढ्नुहोस्
कुमारी घरको छानो जीर्णाेद्धार गर्न रु एक करोड २५ लाख
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कुमारीवहाल (कुमारीघर) को छानो जीर्णाेद्धार गर्न रु एक करोड २५ लाख ४७ हजार ८६४ लागत अनुमान गरिएको छ । आर्थिक वर्ष २०८२/८३ को दररेट राखेर गणना गर्दा झिङ्गटी, पर्खाल, काठलगायतका छानासँग सम्बन्धित अवयवहरूको जीर्णोद्धार गर्न यो लागत आएको कामपाले जनाएको छ । कुमारीघरको छानो चुहिने भएपछि यसको प्राविधिक पक्षको अध्ययन गर्न […]
पूरा पढ्नुहोस्
गैँडाकोटमा भोलिदेखि आठौँ राष्ट्रपति रनिङशिल्ड
नवलपुर । नवलपुरको गैँडाकोटमा भोलि शुक्रबारदेखि नगरस्तरीय आठौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने भएको छ । गैँडाकोट नगरपालिकाको आयोजना र गैँडाकोट नगर खेलकुद विकास समितिको संयोजनमा हुने प्रतियोगिता कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी, एक सय मिटरदेखि ३ हजार मिटरसम्मको दौड प्रतियोगिता, रिले रेस, हाइजम्प, लङजम्प, त्रिपलजम्प, भाला हान्ने खेल (ज्याबलिङ थ्रो), […]
पूरा पढ्नुहोस्
तीस हजार बालबालिकालाई भिटामिन ए खुवाइँदै
नवलपुर । नवलपुरमा करिब ३० हजार बालबालिकालाई भिटामिन ए खुवाइँदै छ । नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई बिहीबार र शुक्रबार भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको हो । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीले बिहीबारमात्रै जिल्लाका करिब ५० प्रतिशत बालबालिकालाई भिटामिन ए र जुकाको […]
पूरा पढ्नुहोस्



