१२ कार्तिक २०८३, बिहीबार

प्रदेश

सन अटो मोबाइल्समा रोयल इन्फिल्ड स्क्र्याम ४४० को बिक्री शुभारम्भ

चितवन । चितवनका लागि रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता सन अटो मोबाइल्सले स्क्र्याम ४४० को लन्च गरेको छ । भरतपुरमा रहेको शोरुममा आइतबार दिउँसो स्क्र्याम ४४० को दुई वटा भेरियन्टको लन्च गरिएको हो । सन अटो मोबाइल्सका सञ्चालक गोविन्दमान श्रेष्ठकाअनुसार आइतबार लन्च गरिएको स्क्र्याम ४४० को ट्रायल भेरियन्टको मूल्य ६ लाख ८९ हजार नौ सय […]

पूरा पढ्नुहोस्

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशहरूमा साधारणतया […]

पूरा पढ्नुहोस्

भरतपुरमा भएको बस दुर्घटनामा ३३ जना घाइते

चितवन । गौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । यहाँस्थित सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरुको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्‍याइएको छ । घाइते सबैको अवस्था सामान्य छ । दुर्घटनाका कारण केही समय […]

पूरा पढ्नुहोस्

ब्रम्हस्थानको ॐकारेश्वर मन्दिरमा अखण्ड हरिकीर्तन सुरु

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ ब्रम्हस्थानस्थित ॐकारेश्वर महादेव मन्दिरमा ७२ घण्टे अखण्ड हरिकीर्तन सुरु गरिएको छ । कात्तिक १५ गते परेको हरिबोधनी एकादशीको अवसरमा मन्दिरमा बिहीबारदेखि  ७२ घण्टे अखण्ड हरिकीर्तन सुरु भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष थमनारायण शर्माले जानकारी दिनुभयो । अखण्ड हरिकीर्तन सुरु हुनु अगाडि मन्दिर परिसर सरसफाइ गरिएको उहाँको भनाइ छ । नारायणी […]

पूरा पढ्नुहोस्

नवलपुरको प्रहरी चौकी जलाउने सात जना पक्राउ

नवलपुर । ‘जेन–जी’ प्रदर्शनको क्रममा गत भदौ २४ गते नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा प्रहरी चौकी जलाउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २४ गते जिल्लाको हुप्सेकोट–१ बेलुवास्थित प्रहरी चौकी हुप्सेकोटभित्र प्रवेश गरी कार्यालय भवन तथा सवारीसाधनहरु तोडफोड, आगजनी गरी क्षति गराएको घटनामा संलग्न रहेका सात जनालाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी […]

पूरा पढ्नुहोस्

वर्षाले सडक चिप्लो हुँदा दाउन्नेमा सडक अवरुद्ध

नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा सडक अवरुद्ध भएको छ । सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडकमा आज बिहानबाट परेको पानीका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक […]

पूरा पढ्नुहोस्

चितवन निकुञ्जमा जीप सफारीको अनुमति नवलपुरबाट पनि

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीको अनुमति प्राप्त भएको छ । योसँगै पर्यटन व्यवसाय फस्टाउनुका साथै पर्यटन प्रवर्द्धन हुने विश्वासमा यहाँका पर्यटन व्यवसायी उत्साही बनेका छन् । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले नवलपुर पर्यटन समितिलाई आर्थिक वर्ष २०८२/८३ का लागि ‘जङ्गल ड्राइभ’ जीप सफारी सञ्चालन गर्न अनुमति दिएको हो । […]

पूरा पढ्नुहोस्

जेन–जी प्रदर्शनमा नवलपुरमा ५८ करोड क्षति

नवलपुर । जेन–जी प्रदर्शनको क्रममा भदौ २४ गते भएको आगजनी तथा तोडफोडका कारण नवलपुरमा करिब ५८ करोड रुपैयाँ बराबरको क्षति भएको छ । प्रदर्शनका क्रममा जिल्लास्थित सरकारी र निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडबाट अनुमानित ५८ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताउनुभयो । पाण्डेकाअनुसार […]

पूरा पढ्नुहोस्

नारायणी नदी किनारमा छठ पर्वको रौनक

चितवन । नवलपुर तथा चितवनमा पछिल्लो वर्षहरुमा छठ पर्व धुमधामका साथ मनाउन थालिएको छ । बर्सेनि छठ पर्व मनाउने श्रद्धालुको सङ्ख्या नारायणी नदी किनारमा बढ्दै गएको देखिन्छ । छठ पर्वको मुख्य दिन आज नारायणी नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ दिन भक्तालुहरुको ठूलै भीड लागेको थियो । नारायणी नदी किनार, त्रिवेणीधामसँगै जिल्लाका विभिन्न खोला तथा पोखरीमा […]

पूरा पढ्नुहोस्

दुर्घटना न्यूनीकरण गर्न चालक सचेतना कार्यक्रम

नवलपुर । नवलपुरको भित्री सडकखण्डमा सवारीसाधनको दुर्घटना बढी भएपछि ट्राफिक प्रहरीले चालक सचेतना कार्यक्रम सुरु गरेको छ । तिहारको समयमा जिल्लाको भित्री सडकखण्डमा बढी दुर्घटना भएको हुनेको दुर्घटना न्यूनीकरण गर्न चालक सचेतना कार्यक्रम सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । कार्यालयका प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद प्रसाद जोशीले शहरी क्षेत्रको भित्री सडकमा […]

पूरा पढ्नुहोस्